logo
२०८१ मंसिर ९ आईतवार



गीत

शनिवार |


गीत


राजेन्द्र गुरागाईं

सगरमाथा शिरको टोपी मेरो देशको सान
देवी जस्ती मेरी आमा नेपाल हो नाम

पोतिदिन्छु पहाडमा गुराँसको लाली
सुनसरी झुलिरहुन् तराईका बाली

ऐना जस्तो नदीभित्र शहीदको छायाँ
सधैँभरि लाग्छ मलाई आफ्नै देशको माया

गाऊँ हामी सबै मिली एकताको गीत
खोल्साखोल्सीसँग सधैँ लाऊँ चोखो प्रीत

मेरो देश स्वर्ग जस्तो सुन्दर रहिरहोस्
सगरमाथा शिरको शोभा सधैँ बनिरहोस् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?