logo
२०८१ मंसिर ९ आईतवार



इन्द्रेनी आँसु झार्दिन (कविता)

शनिवार |


इन्द्रेनी आँसु झार्दिन (कविता)



कणाद महर्षि

घामले बादल छेकेको
हो कि, बादलले सूर्य
किन पानी नपरेको !

इन्द्रेनी मन पर्छ
हो ! मलाई इन्द्रेनी मन पर्छ
तर मन परेको सबै पाइन्छ र !

किन बादलले घाम छेक्छ
किन सूर्यले बादल फुटाउँदैन !

अनि त रुन्छे समुद्र
इन्द्रेनी चम्किन्छे मात्रै
बोल्दिन, कहिले आँसु झार्दिन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?