logo
२०८१ मंसिर ९ आईतवार



कीरासँगैको जीवन

शनिवार |


कीरासँगैको जीवन


रामचन्द्र अधिकारी

विराटनगरबाट प्रकाशित हुने ‘नेप्लिज जर्नल अफ बायोसाइन्स’ पत्रिकामा एक लेख छापियो । अनलाइनमा समेत आएको यो लेखको सकारात्मक प्रतिक्रिया युरोपका देशबाट पनि आउन थाल्यो । लेखकलाई भेट्न युरोपका एक वैज्ञानिक टोलीले प्रस्ताव नै ग¥यो । तर, कीरासम्बन्धी यो लेख सन् १९९० तिर गरिएको अनुसन्धानमा आधारित भएका कारण जीवित कीरा अहिलेसम्म राख्न नसकिएकाले उनीहरूलाई ‘नआउन’ भनियो ।
यो सन् २०११ को कुरो हो । केही समयपछि ल्याप ल्याम्बर्ट प्रकाशन (जर्मनी) बाट प्रस्ताव आयो, ‘यही लेखलाई विस्तार गरी पुस्तकका रूपमा प्रकाशन गर्ने र लेखकका जुनसुकै सर्त मान्ने ।’ यसपछि लेखकलाई लाग्यो, ‘तीन दशकअघि मैले गरेको कामको महŒव आज आएर वैज्ञानिकले बुझे । उनीहरूले विश्व समुदायमा पु¥याउन खोज्दै छन् भने किन अस्वीकार गर्ने ।’ त्यसपछि पुस्तक प्रकाशन गर्न स्वीकृति दिइयो र प्रकाशित पनि भयो ।
यो पुस्तक विश्व बजारमा ‘सर्वे एन्ड टेक्सोनोमिक स्टडिज अन द एग्रोमाइजिड फ्लाइज (लिफ माइनर्स)’ नाममा रहेको छ । यस पुस्तकका लेखक हुनुहुन्छ– रामबहादुर थापा । उहाँले कीट वर्गका १३ वटा नया“ प्रजाति पत्ता लगाउनुभएको छ । भारत र नेपालमा लगाइने कोसेबालीको पातमा सुरुङ बनाएर बस्ने र पातलाई नै नष्ट गर्ने कीराका नयाँ प्रजातिबारे पुस्तकमा व्याख्या गरिएको छ ।
उहाँले सन् १९८४ देखि भारतको उत्तरप्रदेशको जीबी पन्त विश्वविद्यालयमा विद्यावारिधि डिग्रीका लागि खोज अनुसन्धान सुरु गरेर १९९१ मा प्रतिवेदन बुझाउनुभएको थियो । उहाँको कामले २८ प्रजातिको व्याख्या ग¥यो । तीमध्ये १३ वटा नया“ प्रजाति हुन् । नया“ प्रजाति हुन् भनेर अनुसन्धाताले दाबी गरेरमात्र भएन, यो कुरा ‘इन्टरनेशसनल कमिसन अफ जुलोजिकल नोमेन्क्लेचर’को आँखामा पर्नुप¥यो ।
अन्तर्राष्ट्रियस्तरीय विज्ञान पत्रिकामा छापिएर सम्बन्धित वैज्ञानिकहरूले लेखलाई स्वीकारोक्ति दिनुप¥यो । पछिका अनुसन्धाता, वैज्ञानिकले लेखकलाई ‘क्रेडिट’ दिनुप¥यो । अहिलेसमम उहाँका सबै प्रजाति परिभाषित भइसकेको, कतैबाट दाबी विरोध नआएको उहाँले बताउनुभयो । ‘यस्तो कुरा प्रमाणित हुन वर्षाैं लाग्छ । त्यसकारण तीन दशक मैले पर्खेर हेरेँ,’ उहाँले भन्नुभयो, ‘अनुसन्धान कार्य जति पुरानो भयो, उति महŒव बढ्दै जान्छ ।’ नोबेल पुरस्कार पाउने वैज्ञानिकहरूलाई हेर्दा उहाँको भनाइ पुष्टि हुन्छ । कार्ल ल्यान्डस्टेनरले सन् १९०१ मा मानिसमा रक्त समूहको निक्र्यौल गरेका थिए तर तीस वर्षपछि सन् १९३१ मा नोबेल पुरस्कार पाए ।
नया“ प्रजाति हो या होइन भन्ने कतिपय सवालमा फरक जीव उही नाम (होमोनेमी) र उही जीव फरक नाम (सिनोनेमी) को अलमलमा पनि परिने उहाँको भनाइ छ । आफूले व्याख्या गरेका १३ प्रजातिमा भने कुनै अलमल नभएको उहाँको दाबी छ । उहाँले पत्ता लगाएका प्रजातिको नाम पनि फरक–फरक आधारबाट प्रस्ताव गर्नुभएको छ । अनुसन्धाता थापाको एउटा कीराको नाम ‘लेरियोमाइजा फेबी’ हो । यसको नाम ‘फेबी’ भनिने वनस्पति जसका पातमा यो बस्छ, सोहीअनुसार प्रस्ताव गरियो । त्यस्तै, ‘ओफिओमिया स्पेन्सेरी’ विश्व प्रख्यात ब्रिटिस कीटविज्ञ स्पेन्सेरको नामबाट राखियो । अर्को कीरा ‘ओफिओमिया प्युरेरी’ वनस्पतिको नाम जसमा यसको लार्भा बस्छ, सो आधारमा प्रस्ताव गरियो । नयाँ प्रजाति ‘लिरिओमाइजा पन्तनगरेन्सिस’ भने पन्त नगर जहाँ उहाँले यो अनुुसन्धान गर्नुभएको थियो, त्यसबाट राखियो । अनुसन्धाता थापाले पत्ता लगाउनुभएका अन्य कीट ‘मेलानएग्रोमाइजा रिसिभोरा’, ‘मेलानएग्रोमाइजा पिसिफ्यागा’, ‘मेलानएग्रोमाइजा डेन्टिकुलाटा’, ‘मेलानएग्रोमाइजा ग्लिसिनी’,
‘जापानएग्रोमाइजा प्युरेरिभोरा’, ‘ओफिओमिया सेसबेनी’ र
‘ओफियोमिया मुन्गिभोरा’को नाम यिनीहरूको लार्भाले बास बस्ने र खाने वनस्पतिको नामबाट प्रस्ताव गर्नुभएको थियो । अर्को प्रजाति ‘मेलानएग्रोमाइजा सेहगली’ पन्त नगर विश्वविद्यालयका सहप्राध्यापक सेहगलीको नामबाट र ‘मेलानएग्रोमाइजा पाठकी’ उही विश्वविद्यालय कीटविज्ञान विभागका प्रमुख पीके पाठकको नामबाट प्रस्ताव गरिएको थियो । प्रस्तावित यी नाम कीटविज्ञानका पछिल्ला पुस्ताका वैज्ञानिकले आफ्ना लेखमा व्याख्या गरिसकेका छन् । तसर्थ, ती सबै नयाँ प्रजाति भएको सम्बन्धित वैज्ञानिक जगत्ले विश्वास गरिसकेको अवस्था छ ।
पत्ता लागेको ठाउ“को नामबाट, कोही सम्बन्धित विषयका विज्ञको नामबाट, प्रजातिको खास लक्षण आदिका आधारमा प्रजातिको नाम राख्ने चलन भएको त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. प्रेम बुढाले बताउनुभयो । यसमा अन्तर्राष्ट्रिय नियम केही अरू पनि छन्, तिनीहरूलाई अनिवार्य पालना गरिनुपर्ने डा. बुढाले बताउनुभयो । ठूला जीवहरूको प्रजाति पहिचान जति सजिलो छ, साना कीराको त्यस्तो हु“दैन । उहाँले अनुसन्धान गरेका कीरा सबैभन्दा ठूलो भनेको पौने तीन मिलिमिटरको थियो । अरू प्रायः एक मिमि हाराहारीका । तब वैज्ञानिक थापाले भन्नुभयो, ‘नाङ्गो आँखाको कुरै भएन, बाइनोकुलर र ट्राइनोकुलर, सूक्ष्मदर्शक यन्त्रको सहारामा मात्र काम गर्न सकिन्थ्यो ।’ उहाँले अगाडि थप्नुभयो, ‘प्रजाति पहिचान गर्न बाहिरी स्वरूप मात्र हेरेर हु“दैन, भाले कीराको प्रजनन अङ्गको बनावट (जेनाइटेलिया) खुट्याउनुपर्छ । मैले यति काम गर्दा घटीमा एक हजारवटा यस्ता भागका स्लाइड बनाएको थिए“ ।’
बालीमा लागेको बेला त थाहा हुन्छ, कीरा यही“ छ तर अरूबेला कहा“ जान्छ ? अनि विषादी छर्किएका बेला कता लुक्छ, कीरा नियन्त्रक निकायलाई यो महŒवपूर्ण कुराको ज्ञान हुन आवश्यक छ । यसबारेमा थापाले अध्ययन गरेर ती कीरा बस्ने ३४ प्रजातिका वनस्पति पत्ता लगाउनुभएको थियो । जसमध्ये धेरै वनस्पति गैरबाली हुन् ।
नेपालमा ठूला जीवहरूमा अलि बढी अनुसन्धान भएका छन् । तथापि कीराहरूका उति वृहत् विवरण पाइ“दैन । जब कि जैविक संसारमा ९२ प्रतिशत कीराहरूसहितको समूह (फाइलम) ‘आथ्र्रोपोडा’ छन् । प्राणीविज्ञानका प्रकाशित सामग्रीमा उल्लेख भएअनुसार जनावरहरू जति छन्, संसारमा त्यसको ५० प्रतिशत कीरा नै छन् । पारिस्थितिक प्रणालीमा यिनको महŒव अति ठूलो छ । साथै अधिकांश कीरा त ‘पेस्ट’ (बाली र मानव जगत्लाई हानि गर्ने) किसिमका छन् । त्यसकारण यिनीहरूको अध्ययन अति आवश्यक भएको अनुसन्धाता थापा बताउनुहुन्छ । यदि कीराहरूको आनीबानी, वासस्थान र जीवनचक्र थाहा पाउने हो भने विश्वमा बालीनालीको उत्पादन बढाएर कुपोषण र भोकमारी सजिलै नियन्त्रण गर्न सकिने उहाँको दाबी छ ।
१३ प्रजातिका ‘एग्रोमाइजिड’ कीराको पहिचान र नामकरणमा आफ्नो अधिकार सुरक्षित रहेको दाबी गर्ने कीट वैज्ञानिक थापा त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक हुनुहुन्छ । ३९ वर्ष प्राध्यापनमा बिताएर २०७२ सालमा उहाँ निवृत्त हुनुभएको हो । विद्यावारिधि गर्नेक्रममा सन् १९८४ मा भारतको विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति पाएर उहाँले जीबी पन्त विश्वविद्यालयमा कीरासम्बन्धी अनुुसन्धान गरी यस्तो महŒवपूर्ण तथ्य पत्ता लगाएर विज्ञान जगत्मा योगदान दिनुभएको हो ।
पछि उहाँले नेपालबाट विद्यार्थीमार्फत अनुसन्धान गर्दा यीमध्ये छवटा प्रजाति सूचीकृत गर्नुभएको थियो । अर्का कीटविज्ञ सोमप्रसाद निरौलाले भन्नुभयो, ‘नेपालमा बालीनालीमा लाग्ने नाङ्गो आ“खाले ठम्याउन नसकिने सयौ“ प्रकारका कीरा छन् । यिनीहरूको अध्ययन विस्तृत र गहिराइमा भएको पाइ“दैन ।’ प्रायजसोको लार्भाले बालीलाई नाश गर्छ । जसलाई झन् साधारण प्रविधिले ठम्याउन सकिन्न । बढी मिहिनेत, धीरता र लगनशीलता चाहिन्छ । यसतर्पm भने नेपाली अनुुसन्धाताहरू आकर्षित भएको पाइ“दैनन् । निरौलाले अगाडि भन्नुभयो, ‘थापा सरको ऊबेलाको अनुसन्धान र प्राप्ति वास्तवमा निकै महŒवपूर्ण मानिन्छ किनभने एउटा नयाँ प्रजाति पत्ता लगाउनु मानव र प्रकृतिका लागि ठूलो योगदान हो । तर, उहाँले त १३ वटा पत्ता लगाउनुभएको छ ।
जीवशास्त्रहरूमा उल्लेख भएअनुसार धरतीमा जम्मा ५० लाखभन्दा बढी प्रजातिका जीव रहेको अनुमान छ । यसमध्ये १७ लाख ५० हजार प्रजातिमात्र वैज्ञानिक हिसाबले चिनिएका छन् । बा“की ३३ लाखभन्दा बढीको पहिचान नै हुन सकेको छैन । यही मेसोमा प्रा.डा. थापाको योगदानलाई कहिल्यै बिर्सन नसकिने उहाँका सहयोद्धाको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?