भवानीप्रसाद अधिकारी
फुल्न बाँकी कोपिला ती व्यर्थै झार्नुहुन्न
उम्रिँदैछन् टुसाहरू त्यसै मार्नुहुन्न
जीवनको बाँच्ने आधार प्रकृति हो हाम्रो
सचेत रहुँ जीवन यो दूषित पार्नुहुन्न
उपकारी बुटीहरू जोगाएर राखौँ
वातावरण मास्नुहुन्न रोग सार्नुहुन्न
आउँछन् कति महामारी सङ्कट निम्त्याएर
निर्भीक भई लड्नुपर्छ हिम्मत हार्नुहुन्न
आफ्नो गौरव ख्याल गरी बाँच्न सिक्नुपर्छ
स्वाभिमान झुक्ने गरी झारा टार्नुहुन्न ।।