logo
२०८१ मंसिर ९ आईतवार



मुक्तक

शनिवार |


मुक्तक


प्रकाश घायल

जिन्दगीको मूल्य त अभावमा जिउँदा पो थाहा पाएँ
आँसु पनि नशा झैँ लाग्दोरहेछ पिउँदा पो थाहा पाएँ
जसको ग¥यो विश्वास उसैले विश्वासमा घात ग¥यो
विश्वासघातले मन फाट्दोरैछ सिउँदा पो थाहा पाएँ ।

चिसो पनि उस्तै छ वैशाख हो या पुस बुझ्ने कसरी
झन् बढ्दो छ व्यावहारिक उकुसमुकुस बुझ्ने कसरी
विकासको कुरा गर्छन् योजनामा मोलमोलाइ गर्छन्
टेबुलमुनिको कारोबार उपहार कि घुस बुझ्ने कसरी ?

खोज्नुपर्छ भने खोज्नु यथार्थता टुक्रिएको दिलमा छ
जस्तोसुकै कुरा गरे पनि परिस्थिति झन् मुस्किलमा छ
कहिले दुःखको खात देख्छु कहिले सुखको मात लेख्छु
जिन्दगी भोगाइको परिभाषा उल्लेखित तपसिलमा छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?