ज्ञानशाली पन्त ‘जिज्ञासु’
वुहानबाट कोरोना भाइरसको बन्यो ठूलो कथा
चेतनशील विश्व मानवलाई बनायो दुख्ने व्यथा
रुघाखोकी ज्वरो आउने यसको प्रारम्भ लक्षण
रोग प्रतिरोधात्मक शक्तिहीनलाई पैले गर्छ भक्षण ।
पेट्रोलमा आगो जस्तै सङ्क्रमण विस्तार भयो
मानव प्राणका खकार ¥यालमा जीव सर्न गयो
क्षण क्षणमा साबुनपानीले हात धुनुपर्छ भन्छन्
विज्ञजनका सुझाव मान्ने विवेकी मान्छे बन्छन् ।
स्वास्थ्यकर्मी विद्वत्जनले दिएका छन् केही राय
खोक्दा हाछ्युँ गर्दा मुख छोप्ने अमूल्य ज्ञान पाए
हात मिलाएर हैन बरु नमस्कार संस्कार राम्रो
नेपाली मौलिक संस्कार मान स्वस्थपन हाम्रो ।
रुघाखोकी श्वासप्रश्वासका रोगी नजिक नजाउँ
व्यवहारमा नजिक दूरीमा फरक बानी हामी बसाउँ
बारी खेतमा तरकारी अन्न फलफूल रोप्ने गरौँ
पालिएका घरेलु पशुपक्षीमा सिधै सम्पर्क नगरौँ ।
पशुपक्षीजन्य अण्डा मासु राम्ररी पकाई खाने
फ्लू जस्तो लक्षण देखिए तुरुन्तै अस्पताल जाने
कोरोना लागेको अग्रिम लक्षण सय बढी ज्वरो
श्वासप्रश्वासमा धेरै समस्या हेर्नुस् देखाप¥यो ।
घाँटी टाउको जिउ दुखे अथवा निमोनिया भए
छाती दुख्ने कम्पन हुने जीव सङ्क्रमण लक्षण रहे
अप्ठ्यारो असुविधा भए पनि सकभर घरैमा बसी
कोरोना भाइरसलाई सखाप पारौँ सबैले कम्मर कसी ।