logo
२०८२ जेष्ठ २८ मंगलवार



हृदयको राम (कविता)

शनिवार |


हृदयको राम (कविता)


दिलीप श्रेष्ठ

‘राम’ कुन बेला
‘श्रीराम’ भएर
मेरो हृदयमा जन्मियो
मलाई नै पत्तो छैन
हृदयको सट्टा
मुखमा राम राख्नेहरूलाई
झन् कसरी थाहा होला
कि राम
तिम्रो मुखमा हैन
मेरो हृदयमा जन्मिएको हो

त्यसैले हृदयको राम
हृदयकै भूगोलमा खोज
शेष हुन्न कहिल्यै ऊ
अवशेषको थुप्रोमा नखोज

छाती खुला छ
मेरो हृदयमा जन्मिएको राम
मेरै हृदयमा खोज ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?