logo
२०८१ मंसिर १० सोमवार



आऊ शिव आऊ (कविता)

शनिवार |


आऊ शिव आऊ (कविता)


शुद्धि नेपाली

रक्षा गर अब शक्तिको अद्भुत डमरु बजाई
रक्षा गर जनजनको कोरोना भगाई ।

त्राहिमाम् भयो संसार कोरोनाको सृष्टिले
हेर्न सुन्न नसकिने कस्तो यो मानव दृष्टिले
हिँड्दा बस्दा जीवन तरङ्गित कोरोनाको भयले
कति सताउने हामीलाई यसको अदृश्य लयले ।

बनायो संसार कोरोनाले मानवलाई त्रासदी
जब आयो कोरोना बोकी मृत्युको टोकरी
चिम्लुँ आँखा कतिन्जेल दृश्य हेर्न नपरोस् भनी
अभैm कति बस्ने कोरोनालाई पुर्ने दिन गनी ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?