logo
२०८१ मंसिर १० सोमवार



नक्सा (कविता)

शनिवार |


नक्सा (कविता)


उमेश उपाध्याय

तनमा, मन, वाणीमा आँखामा, रोम रोममा
बस्यो नेपालको नक्सा मुटुमा, संविधानमा ।

छन्दमा, लयमा छायो स्वरमा, राष्ट्रगानमा
उल्र्यो रगतमा नक्सा सबका स्वाभिमानमा ।

झण्डामा फर्फराएर खुसीका आँसुमा झुम्यो
दृढता एकता रोप्यो चेतका पत्र पत्रमा ।

सङ्घर्षनिम्ति तयार आँखामा, मन, वाणीमा
बस्यो नेपालको नक्सा मुटुमा, संविधानमा ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?