रत्न प्रजापति
भेटेपछि के–के हुन्छ नभेटेकै जाति
भेट्ने भए आउनू बरु सपनीमा राति ।
जता पनि हेरिबस्ने विषालु आँखाहरू छन्
पाप सोची कुरिबस्ने ईखालु पाखाहरू छन्
फूलको डाली बनेर आफैँ हात लाउँछन्
के–के गरी भनी फेरि आफैँ बात लाउँछन् ।
म त सुन्नै सक्तिनँ है कुरा नानाभाँति
भेट्ने भए आउनू बरु सपनीमा राति ।
टाढैबाट देखोस् बरु पूर्णिमाको जूनले
तिम्रै बोली बोलोस् बरु बाँसुरीको धुनले
रम्दैरम्दै बिताउँला जूनका कुरा गरेर
जिन्दगी सजाउँला धुनका कुरा गरेर ।
मेरो शून्य प्रहरको तिमी नै हौ साथी
भेट्ने भए आउनू बरु सपनीमा रा।ति ।