ललिता ‘दोषी’
लैबरी भाका गाउँछु म आज
रमाइलो तीजैमा
बिताएँ मैले सारा जीवन
अरूको हितैमा
लैबरी भाका................
बाँचिनँ कहिल्यै स्वार्थमा बुहारी
अब नि बाँच्दिनँ
आफ्ना लागि तिम्रो खुसी
बन्धकी राख्दिनँ
लैबरी भाका................
आकाशमा उड्नु पक्षीझैँ भई
दुई दिने चोला हो
फर्किन्न कहिल्यै हाम्रो जीवन
यो बग्ने खोला हो
लैबरी भाखा................
आँखाका नानी छोरी र बुहारी
गर्दिनँ फरक
यताको काम म गर्छु नानी !
जाऊ माइत सरक्क
लैबरी भाका................