व्याकुल माइला
दुःखका जँघारहरू तर्दातर्दै
दुःखका मझधारहरू पोडिँदा–पौडिँदै
दुःखका दहहरूमा डुबुल्किँदा–डुबुल्किँदै
दुःखैसित रमाउने भएँछु !
अब
कत्ति दुःखले पनि
मलाई दुःखी बनाउन सक्दैन
र,
प्रिय दुःखहरूलाई माया मारेर
सुखका लहरमा तैरिन पनि सक्दिनँ ।
किन कि –
मेरो भएभर वजन यसै दुःखबाट मिलेको होे
मैले सकेजति चेतना यही दुःखबाट सिकेको हो
हुँदाहुँदा म त केवल दुःख–सागरको थेग्रो भएँछु्
उज्यालोमा मुस्काउने मोतीजस्तो हुन खोजेँछु !!