logo
२०८१ मंसिर १० सोमवार



काली र कोरोना (कविता)

शनिवार |


काली र कोरोना (कविता)



डा. बमबहादुर जिताली

अनेकतामा नछुने कटारी
बनेर आयो किन धुन्धुकारी ?
क्षेप्यास्त्र निर्धो भरमा छ भान्छे
जीवाणु जाबो डरमा छ मान्छे ।

विषाणु आयो दुनियाँ घुमेर
निकै सतायो मनुवा थुनेर ।
काली सुसायो लिपुलेकमाथि
मानौँ जुटायो जनशक्तिसाथी ।

गल्ती अनेकौँ परका पसारी
अनेक खाले घरका पछारी–
नक्सा निकाल्यो चुचुरो जनायो
रानो पुरानो बलियो बनायो ।

उता गयो गोमनको डसाइ
यता भयो राष्ट्रियता उचाइ ।
छ भ्रष्ट कोही कपटी उदाङ्गो
मानौँ छ चल्दो चलचित्र नाङ्गो ।

छोपेर मौका मिचुवा करायो
परन्तु ऐले चितुवा डरायो ।
कीरा बन्यो ए ! कसरी उहान
मान्छे बनायो घरको जहान  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?