logo
२०८१ मंसिर ८ शनिवार



भुइँ ऐनामा देश (कविता)

शनिवार |


भुइँ ऐनामा देश (कविता)


सुनील पुरी

म बिहानीपख
जुरुक्क उठ्छु ओछ्यानबाट
हेर्छु पूर्वको लाली
देख्छु भुइँ ऐनामा
उज्यालो देशको अनुहार
र ढोग्छु सधैँ सधैँ

मुसुक्क हाँसेको छ सेतो हिमालजस्तै देश ।
प्रफुल्ल मन लिएर
देशलाई सधैँ सधैँ देख्छु भुइँ ऐनामा
काम परे पनि
काम नपरे पनि ।

देशलाई सन्चो छ कि छैन ?
प्रश्न गर्छु देशैसँग ।
देश ! सन्चो भए पनि
सन्चो नभए पनि
एकफेर खबर लिइरहेकै हुन्छु
म देशको छोरो भएर,

सधैँ सधैँ घाम उदाएकै हुन्छ
पूर्वबाट यो भूगोलमा
प्रत्येक देशका छोराछोरीहरू
आ–आफ्नो घरको झ्याल ढोका
उघारेर दर्शन गरिरहेकै हुन्छन्
सूर्यजस्तै देशलाई !

म भने देशको ऐनामा
अर्थात् भुइँ ऐनामा
मेरो सिङ्गो देश देख्छु ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?