logo
२०८१ मंसिर १० सोमवार



कहर एउटै, रहर एउटै (कविता)

शनिवार |


कहर एउटै, रहर एउटै (कविता)


अञ्जली अधिकारी

देशविदेश जहाँ भए नि कहर एउटै हो
सिङ्गो जीवन जिउने सबको रहर एउटै हो ।

हामी सबका दुःख सुख तिर्खा भोक एउटै
सुख हुँदा हाँस्ने मन भोग्ने शोक एउटै ।

मर्दापर्दा हातेमालो हुन्न आफ्नो अर्काे
विपत्तिमा बोली एक दुख्नु मन सर्काे ।

साना ठूला सबले भोग्ने कहर एउटै हो
दुःखी हुँदा माया खोज्ने रहर एउटै हो ।

साट्नु राम्रो दुःख सुख आफन्तका माझ
बाटो छेक्यो कोरोनाले दुख्यो मन आज ।

छैन मान्छे जन्ती आज न मलामी भयो
साँगुरियो मानव अर्थ ममा सीमित भयो ।

विपत्तिमा भोग्ने सबले कहर एउटै हो ।
मुक्त हुन खोज्ने सबको रहर एउटै हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?