दिनेश अधिकारी
सपनामा
तिमी पनि मसँगै थियौ
सुन खोज्दै बालुवा चालिरहेको
बिहान हुँदा नहुँदै
तिमी कता गयौ– मलाई थाहा भएन
के सोचेर
मैले पनि आफ्नै बाटो समाएँ
त्यसपछि हाम्रो भेट भएन
अहिले
यदि तिमी मेरो खोजीमा छौ भने
आए हुन्छ
दिनभरि नै भेट्ने छौ मलाई
बगरमै छु– म
बालुवामा आपूmलाई छानिरहेको