logo
२०८१ मंसिर १० सोमवार



मासुको तिर्सना

शनिवार |


मासुको तिर्सना


सुदर्शन पौडेल

कोभिड–१९ का बीच केही दिनअघि विश्वव्यापी रूपमा मुटु दिवस मनायौँ । मुटुको रक्षा गर्न पालना गर्नुपर्ने सावधानीका कुरा भए । फेरि हाम्रो मनमा बडादशैँको उमङ्ग पनि छाउन थालेको छ । यो पर्वको एक प्रमुख विशेषता मासुको (अत्यधिक) उपभोग पनि हो । यो बेला राज्यका अङ्गले समेत देशविदेशबाट मासुका लागि चौपाया पशुको व्यापार गर्छ । अन्य बेलामा मासु खान नपुग्ने परिवारसमेत ऋणधन गरेर मासु खान्छन् । नेपालमा वार्षिक रूपमा खपत हुने मासुको ठूलो हिस्सा यसै अवधिमा खपत हुन्छ । हाम्रा कतिपय परम्परागत सांस्कृतिक अवसरमा समेत बलि प्रथाको महìवलाई बढाइ चढाइ गरी प्रशस्ति गाइन्छ । यसको तात्पर्य पनि मासुसँग गाँसिएको छ । नेपालका कतिपय उच्च पहाडी तथा हिमाली क्षेत्रमा मुख्य आहार मासु मान्ने गरिन्छ । त्यहाँ वनस्पतिजन्य खाद्यान्न उत्पादन कम हुन्छ । यो प्रसङ्ग नेपाल लगायत अन्य देशको हकमा पनि लागू हुन्छ । नेपाल र अन्य कतिपय देशमा मासुको प्रयोजनका लागि पशुपक्षी पालन र मासुको तयारीका सम्बन्धमा जनचेतना पनि कम भएको तथा त्यसको परिपालन गराउने प्रभावकारी संयन्त्रको पनि कमी छ ।
विश्वव्यापी रूपमा मासुको उत्पादन अत्यधिक हुने गरेको छ । यो क्रम तीव्र भएको ४० वर्ष जति भयो । पछिल्लो समयका गतिविधि यति प्रत्युत्पादक हुँदै छन् । भूपर्यावरणमा मात्रै असर परेको छैन, जघन्य रोग पनि फैलिन थालेका छन् । त्यसको पछिल्लो उदाहरण कोभिड–१९ हो । यो महामारी फैलिनुभन्दा अघि पनि विश्व स्वास्थ्य सङ्गठनले पशुपक्षीबाट मान्छेमा रोग सर्ने खतराको सङ्केत गरेको थियो । हालका दिनमा त्यस्तो सङ्कटका बारेमा थुप्रै अनुसन्धान भएका छन् । त्यति मात्र होइन मासुकै कारण हाल उपलब्ध प्रतिजैविक ९बलतष्दष्यतष्अ० औषधिले मानिसमा काम नगर्ने अर्को विश्वव्यापी गम्भीर समस्या देखापरेको छ ।

नेपालमा मासुको उत्पादन र खपत
नेपालमा मासुुलाई उच्च कोटिको खानाका रूपमा हेरिन्छ । यहाँ मासुको उत्पादन र खपत अन्य विकसित देशको तुलनामा निकै कम छ । नेपालमा वार्षिक प्रतिव्यक्ति सरदर ११ के.जी. मासु खपत हुन्छ । आ.व. २०७५÷७६ मा आन्तरिक मागको ४ लाख १७ हजार मेट्रिक टन मासु र २५ लाख ९४ हजार मेट्रिक टन दूध स्वदेशमा उत्पादन भएको र अपुग मासु विदेशबाट आयात गरिएको तथ्याङ्क सरकारले दिएको छ ।
नेपालको दीर्घकालीन कृषि योजनाले २० वर्षभित्र दूध, मासु र फुल उत्पादनमा आत्मनिर्भर हुने गरी निकासी प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । भन्सार विभागको २०७६ को तथ्याङ्क अनुसार एक आर्थिक वर्षमा मासुको प्रयोजनका लागि सात लाख ३६ हजार ४३९ थान चौपाया, पाँच करोड थान माछा, दस हजार थान पक्षीका साथै दुई हजार ५८६ टन तयारी मासु विदेशबाट आयात गरिएको उल्लेख छ । उक्त मासुको करिब पौने चार अर्ब रुपियाँ पर्छ । नेपालमा मासुको कुल मागमध्ये करिब ६० प्रतिशत राँगाको मासुले ओगटेको छ ।

मासु र जनस्वास्थ्यको सम्बन्ध
विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसमा फैलिएका सङ्क्रामक रोगमध्ये ६० प्रतिशत पशुपक्षीबाट सरेको पाइएको छ । हालै नेचर जर्नलमा प्रकाशित तथ्याङ्क अनुसार मासुमाथि मानिस निर्भर हुने क्रम अत्यधिक बढेको छ । यो क्रम निरन्तर बढ्ने क्रममै रहेको हुँदा यसले जनस्वास्थ्यमा थप जोखिम बढाउने उल्लेख छ । मानिस मासुमा निर्भर हुँदा संसारको जीवनचक्रमा ठूलो उथलपुथल ल्याएको छ । जमिनको उपयोग असन्तुलित भएको छ । मैदान, वन, सिमसार क्षेत्र मासेर व्यावसायिक पशुपालन तथा पशुको दाना उत्पादन गर्न थालिएको छ । हाल पृथ्वीको जमिन क्षेत्रको करिब ७५ प्रतिशतमा मानिसले आफ्नो गतिविधि सञ्चालन गरेको पाइन्छ । यो क्रम आगामी दिनमा थप तीव्र हुँदै जाने छ । मानिसका असीमित आवश्यकता र लालसाका कारण उक्त भूभागमा आश्रित जीवजन्तुको अस्तित्व सङ्कटमा परेको छ । फलस्वरूप पृथ्वीमा जीवनको पूर्वाद्र्धदेखि मानिस, जीवजन्तु र प्रकृतिबीच कायम रहेको सन्तुलनको स्थिति खलबलिएको छ । व्यावसायिक मासुको प्रयोजनका लागि खासखास प्रजातिका पशुपक्षी एकै स्थानमा हजारौँ लाखौँको सङ्ख्यामा नियन्त्रित वातावरणमा उत्पादन गर्ने परिपाटीले त्यसको सम्पर्क वा खाद्यका रूपमा प्रयोग गर्दा कैयौँ नयाँ सङ्क्रामक रोग जीवजन्तुबाट मानिसमा फैलिन थालेका छन् । प्राकृतिक रूपमा खुला रहनुपर्ने क्षेत्र विभिन्न उद्देश्यले दोहन गर्ने प्रवृत्तिका कारण त्यस क्षेत्रमा रैथाने रोग मानव जातिमा गम्भीर समस्याका रूपमा देखा पर्दैछन् ।
यहाँ अर्को रोचक पक्ष यो पनि छ, मासुका लागि व्यावसायिक रूपमा कृत्रिम वातावरणमा पालिएका पशुपक्षीको आहाराको प्रमुख स्रोत भटमासको उत्पादनले विश्वभर एक करोड २० लाख हेक्टर जमिन ओगटेको छ । यसको तात्पर्य अन्य धेरै प्रकारका मिश्रित खेती हुने जमिनमा एकजातीय खेती हुँदा त्यसले जैविक विविधता खलबलिएको छ ।

प्रकृति माथिको दोहन
विगत ५० वर्षमा विश्व जनसङ्ख्या दुगुना वृद्धि भएको छ । यस अवधिमा मानिसको आहाराका रूपमा मासुको उत्पादन तीन गुणाले बढेको छ । आज विश्वमा एक दिनमा तीस करोड टन मासु खपत हुने गरेको अनुमान छ । वार्षिक प्रतिव्यक्ति ४३ के.जी. मासु खपत हुन्छ । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य सङ्गठनका अनुसार अमेरिका र अस्टे«लियामा सबैभन्दा बढी (वार्षिक प्रतिव्यक्ति सय के.जी.भन्दा बढी) मासु खपत हुन्छ भने अन्य विकसित देशमा प्रतिव्यक्ति करिब ८० के.जी. र विकासोन्मुख देशमा ३२ के.जी. खपत हुने गरेको छ । एसियाली देश चीनमा प्रतिव्यक्ति ४८ के.जी.मासु खपत हुन्छ भने भारतमा करिब ५ के.जी. । एसियाले मासु उत्पादनमा विश्वको आधा माग पूर्ति गर्दछ । त्यसका अलावा विश्वमा हरेक वर्ष ८ अर्ब टन दूध उत्पादन हुन्छ ।
मासुका लागि वार्षिक डेढ अर्ब चौपाया, एक अर्ब बङ्गुर, २३ अर्ब कुखुरा तथा पक्षी र दुई अर्ब भेडाबाख्रा काटिन्छन् । यस्ता पशुपक्षी प्राकृतिक अवस्थामा छरिएर रहने अवस्था नहँुदा मानिसले नियन्त्रित अवस्थामा कृत्रिम आहारा र अत्यधिक प्रतिजैविक औषधिको भरमा पालिने गरिन्छ । एकै स्थानमा हजारौँ लाखौँको सङ्ख्यामा राखिने हुँदा त्यस्ता पशुपक्षीसमेत आफैँ बिरामी पर्ने वा एकआपसमा सङ्क्रमण फैलिएर थप गम्भीर स्थिति सिर्जना हुने गरेको पाइएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयको पशुचिकित्सा विभागको अनुसन्धान अनुसार युरोपका देशमा व्यावसायिक पशुपालन र मासु प्रशोधन कार्यमा संलग्न व्यक्तिमा कोभिडको उच्च सङ्क्रमण भएको र केही व्यक्तिमा नयाँ प्रजातिको उच्च सङ्क्रामक भाइरस
९न्द्ध भ्ब् ज्ज्ञल्ज्ञ० पाइएको छ । उक्त सङ्क्रमणको स्रोत पशुपक्षीको सम्पर्क वा मासुको उपभोग रहेको प्रमाणित भएको छ । उक्त नयाँ भाइरस मानिसमा फैलिएमा त्यसले पु¥याउन सक्ने मानवीय क्षतिका बारेमा कहाली लाग्दा तथ्य प्रकाशन भइरहेका छन् ।
सन् २००९ को विश्वव्यापी एभियन इन्फ्लुएन्जाको महामारीमा जङ्गली वा घुमुवा पक्षीको भूमिका सम्बन्धमा अध्ययन गर्न गठन गरेको कार्यदलले त्यस्ता पक्षीले सङ्क्रमण फैलाउन भूमिका खेलेको यथेष्ट प्रमाण जुटाएको थियो । त्यसका अलावा घरमा वा व्यावसायिक प्रयोजनले नियन्त्रित वातावरणमा पालिएका पक्षीमा समेत यस्तो सङ्क्रमण पाइएको थियो । सन् २०१४ मा मध्यपूर्वमा फैलिएको सङ्क्रामक इन्फ्लुएन्जा उँटबाट मानिसमा फैलिएको बताइएको थियो । त्यस्तै सन् २०१६ मा अफ्रिकामा फैलिएको इबोला भाइरसको मुख्य स्रोत पनि पशुपक्षी भएको तथ्य आएको थियो । यसबाट सहज रूपमा बुभ्mन सकिन्छ, त्यस्ता जङ्गली वा घुमुवा पशुपक्षी मात्र होइनन् त्यो वर्गका अन्य जीव पनि मानिसको स्वास्थ्य तथा समृद्धिका लागि कुनै पनि अवस्थामा प्रत्युत्पादक हुन सक्छन् ।

मासुको खपत र हरित ग्यास उत्सर्जन
सन् २०१४ मा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयको अध्ययन अनुसार हरित गृह ग्यासको उत्सर्जनमा मानिसका गतिविधि जिम्मेवार छन् । त्यस्तो ग्यास उत्सर्जनमा (कार्बनडाई अक्साइडका अलावा) मिथेन (ऋज्द्ध) र नाइट्रस अक्साइड (ल्द्दइ) को भूमिका नौ प्रतिशतसम्म हुने गर्दछ । यस्ता विषाक्त ग्यासको मुख्य कारक मासु मानिएको छ ।
एक के.जी. जनावरको मासु उत्पादन गर्न करिब २० केजी पशु आहारा र त्योभन्दा बढी परिमाणको पानी आवश्यक पर्छ । त्यसको अलावा पालनपोषण र मासु प्रशोधनका क्रममा भूपर्यावरण र पानीका स्रोत प्रदूषित हुन गई पृथ्वीमा थप भार थपिन्छ । यसलाई पृथ्वीको तापक्रम बढ्नुको एक कारक मानिएको छ । वर्तमान अवस्थामा पृथ्वीको तापक्रम एक डिग्री सेन्टिग्रेड बढेको र पछिल्लो दशकमा करिब शून्य दशमलव दुई डिग्री सेन्टिग्रेडले निरन्तर बढ्दै गएको छ । यो थप बढ्दै जाँदा त्यसले गम्भीर सङ्कट ल्याउन सक्छ ।
मौसम परिवर्तनका लागि विश्वव्यापी अन्तरसरकारी सञ्जालको २०१९ अगस्टमा प्रकाशित प्रतिवेदन अनुसार वनस्पतिजन्य खानाको प्रवद्र्धन गर्न सकेमा पृथ्वीको तापक्रमको मार कम गर्न मद्दत मिल्ने उल्लेख छ । यस्तै तथ्य सन् २०१८ मा नेचर जर्नलमा पनि प्रकाशित भएको थियो । उक्त अध्ययन अनुसार पृथ्वीको तापक्रम सन्तुलित बनाइरहन सकेमा वनस्पतिजन्य खाद्यले पृथ्वीको बढ्दो जनसङ्ख्यालाई पर्याप्त पोषण उपलब्ध गराउन सकिने छ । विश्वभरका १५ हजार ३६४ वैज्ञानिकले संयुक्त रूपमा जारी गरेको,
‘मानवताका लागि खतरा’ नामक अपिलमा अन्य कुराका अलावा मासुको खपत न्यूनीकरण गर्न सके पृथ्वी फेरि हरियो हुने र वातावरण संरक्षण हुने, कैयौँ गम्भीर रोगको सम्भावना टरेर जाने उल्लेख छ ।

मासुप्रतिको आम धारणा
सन् २०१९ मा हलिउडमा ‘द गेम चेन्जर’ चलचित्र रिलिज भयो । उक्त चलचित्रले मासुका सम्बन्धमा व्याप्त जनधारणाका सम्बन्धमा खोजमूलक विश्लेषणसहित जवाफ दिने कोसिस गरेको छ । कठोर मानसिक वा शारीरिक परिश्रम गर्ने व्यक्तिका लागि मासुको सेवन आवश्यक छ भन्ने मान्यता विपरीत वनस्पतिजन्य खानाबाट पनि सबै आवश्यकता पूरा गर्न सकिने सन्देश दिएको छ । भिटामिन बी–१२ लगायतका कतिपय सूक्ष्मपोषक तत्व अन्य स्रोतमा नपाइने बताइन्छ । आधुनिक विज्ञानले त्यसका बारेमा थुप्रै अध्ययन र विकल्प सुझाएको पाइन्छ । बरु मासुमा अत्यधिक निर्भर हुँदा मानिसमा भिटामिन सी, डायटरी फाइवर, इन्सुलिन, स्टार्च आदि कमी हुन गई कैयौँ समस्या सिर्जना हुने गरेका छन् ।

जनस्वास्थ्यको समस्या
सन् २०१८ मा युरोपियन जर्नल अफ क्लिनिकल न्युट्रिसनको ७२औँ अङ्कमा मासुको सेवन र स्वास्थ्य समस्याका बारेमा संसार भरिबाट प्रकाशित वैज्ञानिक अनुसन्धानको विश्लेषण गरी संश्लेषणात्मक लेख प्रकाशित भएको छ । उक्त अध्ययनमा मानिसमा हाल समस्याका रूपमा रहेका गम्भीर प्रकृतिका ३७ रोग (विभिन्न प्रकृतिका क्यान्सर) लाग्नुमा मासुको भूमिका रहेको देखाएको छ भने २१ वटा रोग प्रत्यक्ष सम्बन्धित भएको उल्लेख छ । कोभिड–१९ पछि संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रमले पछिल्लो समयमा मानिस र पशुपक्षी बीचको बढ्दो सम्पर्कका कारण पशुपक्षीमा सीमित कैयौँ सङ्क्रामक रोग मानिसमा सर्ने क्रम तीव्र भएको उल्लेख गरेको छ । मासुको उच्च मागदेखि मनोरञ्जनका साधनका रूपमा पशुपक्षी प्रयोग हुँदा मानव सम्पर्कका कारण यस्तो खतरा बढेको हो । त्यसका अलावा व्यावसायिक रूपमा पालिने पशुपक्षीमा प्रयोग हुने प्रतिजैविक औषधिको अत्यधिक प्रयोगका कारण मासुका उपभोक्तामा त्यस्ता औषधिले काम नगर्ने अर्को सुषुप्त तर गम्भीर समस्या देखा परिसकेको छ । विश्वमा भयावह भएको नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न पनि मानिस पशुपक्षीमाथि कम निर्भर हुनुपर्छ । मासुको विकल्पका रूपमा अन्य वनस्पतिजन्य पर्याप्त पौष्टिक स्रोतका बारेमा राम्रो प्रचारप्रसार गरिनुपर्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?