logo
२०८२ भाद्र ८ आईतवार



लघुकथा: फैसला

शनिवार |


लघुकथा:   फैसला


अल्पविराम


न्यायमूर्तिज्यू अदालतको उच्चासनमा आसनग्रहण भएपछि सबै जना उठेर सम्मान दर्शाए । मीनाक्षीले आफ्नो सतित्व लुटेराका आरोपी महिषपालको लिङ्ग छेदन गरिदिएको मुद्दाको आज फैसला हुने दिन । अदालतमा दर्शकको खचाखच भीड थियो । पक्ष–विपक्षका वकिलको बहस पैरवीपश्चात् न्यायमूर्तिले फैसला सुनाउँदै भन्नुभयो–
यस मुद्दामा प्राप्त सबुत प्रमाण तथा अभियुक्तद्वय मीनाक्षी र महिषपालको बयान प्रहरीको प्रतिवेदन आदिबाट अदालत यो निष्कर्षमा पुगेको छ कि जबर्जस्ती करणीका अभियुक्त महिषपाल दोषी ठहरिने देखिएको हुँदा प्रचलित कानुनअनुसार निजलाई तीन वर्ष कारावासको सजायका साथै तीस हजार रुपियाँ जरिवाना हुने र पीडित मीनाक्षीले तत्काल आवेशमा आई आफूलाई अन्यायपूर्वक जबरजस्ती करणी गर्ने अभियुक्त महिषपालको लिङ्ग छेदन गरिदिएको हुँदा प्रचलित कानुनअनुसार तत् अवस्थामा पीडितले पीडकको ज्यान लिएमा वा अङ्गभङ्ग गरेमा कुनै कसुर गरेको बात नलाग्ने भएकाले बाइज्जत बरी गर्ने निर्णय गरिएको छ । र नाबालिका बलात्कारीको राज्यले नै लिङ्ग छेदनको सजाय गरोस् ।
फैसला सुनाएर न्यायमूर्ति आफ्नो च्याम्बरमा जानुभएपछि रमितेहरू अथवा दर्शकहरू बीचबाट नारी आवाज आयो । ‘मीनाक्षीको बहादुरीलाई सम्मान गरिनुपर्छ । कुकुरको जस्तो बैँस सम्हाल्न नसक्नेहरूलाई मार्नु वा फाककसी दिनुभन्दा यस्तै लिङ्ग काटिदिने सजाय हुनुपर्छ ता कि अरूले हिम्मत गर्न नसकोस् बल्ल खाइस् ! खुच्चिङ खाइस् ! अब जिन्दगीभरि पश्चात्तापको ज्वालामा डढेर किस्ताबन्दी मरोस् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?