डा. अर्जुनदेव भट्ट
वर्ष २४ कि हिरण्यकुमारी । पछिल्ला ११ वर्ष उपचारका क्रममा उहाँ आमा नमिताको साथ मेरो क्लिनिक आउनुहुन्छ । उहाँमा शल्यक्रिया गर्नुपर्ने रोग थियो । पूर्ण परीक्षण तथा तयारीपछि उहाँको देब्रे मिर्गौला र मूत्रबाहिनी बीचको साँगुरो भाग काट्ने, फुलेर तन्किएको बेलुनजस्तो लाग्ने खण्ड छोट्याएर ठिक्कको बनाउने कार्य कुनै झन्झटबिना सम्पन्न भयो । बिरामी र उहाँकी आमालाई पनि त्यो मिर्गौला करिब २५ प्रतिशत मात्र काम गर्छ भन्ने थाहा थियो तर मिर्गौला फाल्नु नपरेकोमा बिरामीका मान्छे र खुद म निकै खुसी थियौँ । यो रोग जन्मनुभन्दा पहिले भ्रुण अवस्थादेखि नै विकसित हुँदै आएको थियो तर मिर्गौला भने पूर्ण रूपमा प्राकृतिक अवस्थामा नै थियो ।
समय बित्दै गयो । १३ वर्षकी हिरण्य अध्ययन र खेलकुदमा निकै सक्रिय हनुहुन्थ्यो । यी दुवै गतिविधिमा उहाँको शरीरमा देखापरेको विकृति र त्यसको शल्य उपचारको खासै नराम्रो प्रभाव परेको थिएन । दिन प्रतिदिन उहाँ चन्द्रमा जस्तै फेरिँदै गइरहनुभएको थियो । घरायसी काममा आमालाई सघाउन कहिल्यै पनि पछि पर्नुहुन्नथ्यो ।
उहाँ परिवारकी एक्ली छोरी । उहाँका दाजु तेज पाँच वर्षले जेठो । पढ्नमा तेज । अभावको बालापन, घरको अलङ्काररहित सरल र निष्कपट वातावरण, बुबाआमा सधैँ काममा लगनशील, इमानदार, कर्तव्यनिष्ठ र अनुशासित भएकाले तेजमा यी सबै गुण थिए । बहिनीलाई निकै माया गर्नुहुन्थ्यो, पढ्नमा सघाउनुहुन्थ्यो र वास्तविक अभिभावक नै उहाँ हुनुहुन्थ्यो । हिरण्य दुई वर्ष नपुग्दै उहाँका बुबा आदर्श एक महिनाको रोगले बित्नुभयो । रोग निरूपण नभएकै दयनीय अवस्थामा । उहाँले स्कुलमा साधारण शिक्षकको पेसा अपनाएर परिवार धान्नुभएको थियो । एक्कासि परिवारमा परेको बज्रपातले सबैलाई सडकमै पु¥याउँला जस्तो अवस्था आउँदै थियो तर नमिताको धीरता र स्कुलले उहाँलाई दिएको सहयोग र मौकाले परिवाररूपी डुङ्गा डुब्न पाएन । नमिताले पाँच कक्षासम्म स्कुलमा पढाउने कार्य गर्दै एमएको अध्ययन समाप्त गर्नुभयो प्रथम श्रेणीमा । दुई बच्चा आफूले पढाउने स्कुलमै बिनाशुल्क पढ्ने भएकाले पनि परिवार धान्न उहाँ सफल हुनुभयो । गहकिलो ज्ञानसहित तेज प्रथम श्रेणीमा १२ कक्षा उत्तीर्ण भएपछि पूर्ण छात्रावृत्ति पाएर अमेरिका अध्ययनको निम्ति गयो । हिरण्यको पनि लक्ष्य दाजुलाई नै पछ्याउने थियो तर एक्ली आमालाई छोड्नुपर्ने र आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै आफ्नै देशमा परिचारिका हुने निर्णय गर्नुभयो । पढाइ ज्यादै राम्रो, बोल्नमा मृदुभाषी, फरासिली र तार्किक हुनुहुन्छ उहाँ । यी सबै गुणले सरकारी कोटामै परिचारिका हुने सुवर्ण अवसर पनि पाउनुभयो । परिवारमा बच्चाहरूको पढाइ अपेक्षा गरेभन्दा उच्च । कुलत बिनाका सन्तान । त्यसैले नमिता जीवनसाथीको देहावसानपछि पनि परिवार हाँक्न र आफ्नो काम सुचारु रूपले चलाउन ज्यादै निपूर्ण हुनुहुन्थ्यो । हेर्दा हेर्दै हिरण्य नर्स (परिचारिका) हुनुभयो । देशको प्रथम र ख्याति प्राप्त मेडिकल इन्स्टिच्युट अस्पतालमा काम पनि गर्न थाल्नुभयो ।
नमिता अब वास्तविक अभिभावक हुन पुग्नुभयो । छोरीलाई कसरी लगनगाँठो कसेर पठाउने ? यो सोच्नासाथ एक्लो अनुभूति गरेर नमितालाई मूर्छा परुँला कि जस्तो हुन्थ्यो । निधारमा पसिना खलखल्ती बग्थ्यो । छाती पहाडले थिचेको जस्तो भारी लाग्थ्यो तर फेरि एकैछिनमा उहाँ सचेत हुनुहुन्थ्यो र सम्हालिँदै सोच्नुहुन्थ्यो– किन छोरीज्वाइँले मसँग बस्नु
नहुने ? के छोरी दिनैपर्ने ? ज्वाइँ ल्याउन नमिल्ने ? त्यस्तो वातावरण मिले किन त्यो नकार्ने ?
नमिता स्कुलमा पढाउन जाँदा होस् वा कुनै पनि सँगिनी भेट्दा युवकको खोजी निरन्तर गर्नुहुन्थ्यो । लाग्थ्यो भविष्यको ज्वाइँको खोजी नै प्राथमिकताको एक मात्र श्रेष्ठ महŒवपूर्ण कार्य हो । मठमन्दिर गएर वर भिक्षा माग्नेबाहेक चिनेजानेका कसैलाई पनि यस कार्यमा सहयोग पु¥याउन गुहार्न छुटाउनुभएको थिएन । अन्ततोगत्वा विदेशमा अध्ययनरत वा ग्रिनकार्ड पाएका थुप्रैको खबर आयो । नेपालको नागरिकता त्यागेर उतै व्यवस्थित भइसकेका तर मुटुभित्र नेपालको अतीत साचेका माझबाट पनि निकैले चासो देखाएको समाचारको ओइरो लाग्यो । खास गरेर हिरण्य नर्स भएकीले धेरैले उहाँमा आफ्नो भविष्यको बलियो र स्थायी आर्थिक जग देखेका थिए । त्यस्ता युवकको समाचार आउँदा नमिता आफूलाई एक्लिएको अनुभव गर्नुहुन्थ्यो । यद्यपि मनको भित्री अदृश्य कुनोमा अमेरिका, अस्ट्रेलिया, युरोप, जापान जस्ता देश घुम्ने अवसरले पछ्याएको कल्पनाले पनि रमणीय क्षणहरू अनुभूति त उहाँलाई गराउँथ्यो । अनि रातमा सपना र कल्पनाको ज्वारभाटामा लोग्ने जिउँदै भएको भए कति खुसी भएर विदेशको सयर गथ्र्यौं भनी कोल्टे फेर्नुहुन्थ्यो, आँखाबाट आँसु खसाल्दै, नाकबाट पातुलो सिँगान झार्दै, सर्वत्र निथ्रुक्क हुँदै । प्राथमिकतामा नेपालमै भएका युवालाई राख्नुभयो नमिताले छनोटको चाङमा तर नेपालमै भएका युवक पनि विदेश जान कोही भाषामा आफ्नो दख्खल बढाउन व्यस्त थिए भने अर्को थरी ठूलो रकम दलाललाई सुम्पेर भए पनि युरोप, जापान वा कोरिया जाने लाइनमा थिए ।
तीन वर्षभन्दा बढीको अन्तरालमा हिरण्य उपस्थित हुनुभयो मेरो क्लिनिकमा । नचिनिने, बढी परिपक्व, गमिलो तर केही चिन्तित अनुहार लिएर आमाको साथबिना । ‘डाक्टर’ साप म त नर्स भए नि’, उहाँले हाम्रो अभिवादन समाप्त हुनासाथ सुनाउनुभयो । खुसी मुद्रामा उहाँलाई बाधाई दिएपछि म केही भन्न खोज्दै थिएँ तर उहाँले डेढ महिनादेखि शिक्षण अस्पताल, महाराजगञ्जमा काम गर्न थालेको अर्को नयाँ र खुसीको खबर सुनाउनुभयो । मैले बिना कुनै लोभ फेरि अर्को अभिनन्दन व्यक्त गरेँ ।
हिरण्यले ल्याएर मेरोअगाडि राखेका सबै अतीतका रिपोर्ट हेर्दै म आफैँ दङ्ग थिएँ । हाल उहाँ पूर्ण रूपमा समस्यारहित सुन्दा म अझ बढी सुखी थिएँ । आज उहाँ भेट्न आउनुको कारण अर्कै रहेछ । तीन हप्तापछि उहाँ विवाह गर्दै हुनुहुँदो रहेछ तर नमिताले केटो पक्षलाई छोरीको स्वास्थ्यबारे कुनै पनि पूर्वजानकारी प्रकाश पार्नुभएको रहेनछ । विवाहबारे हुनुपर्ने सबै व्यवस्था मिलाइसकिएको रहेछ । अरू त के मण्डप, बाजा, गहना, जन्ती सङ्ख्या, पार्टी प्यालेस जस्ता सबै व्यावहारिक कुरोमा छिनोफानो भइसकेछ । हिरण्यको चिन्ता चाहिँ हुन लागेको जीवनसाथीको फोटो मात्र देख्नुभएको रहेछ । भेटघाट कुराकानी तीतामीठा वार्तालाप केही हुन पाएका रहेनछ । मिर्गौलाको रोग र शल्यक्रियाबारे थाहा पाएपछि ऊ के सोच्ने हो ? कतै त्यो रोगले शरीरलाई अनुर्वर त बनाउने छैन ? केही गरी भविष्यमा आमा हुन सकिनँ भने ऊ छाडेर पो जाने हो
कि ? त्यो भ्रुण अवस्थादेखि विकसित भएको व्याधिलाई नराम्रो दृष्टिले हेर्ने पो हो कि ? म धैर्य लिएर सुन्दै थिएँ शङ्काका लहरलाई । उहाँ खिन्न भएर थप्दै जानुहुन्थ्यो । यौनिक जीवनको सुरुवातपछि मिर्गौलाको कार्यक्षमतामा अरू ह्रास पो आउने हो कि ? विवाह पूर्व ज्यादै छोटो समय रहेकाले स्वास्थ्यबारे भेटेर स्पष्ट रूपमा प्रकाश पार्दा उसका तर्फबाट अहिलेसम्म भएका सबै समझदारीलाई भत्काइ पो दिने हो कि ? यस्तै चिन्ता र नकारात्मक विचारले उहाँ भरिनुभएको थियो । उहाँ भित्रभित्रै विचलित र अस्थिर हुनुहुन्थ्यो । यस्तो अवस्थाले नै पु¥याएको रहेछ हिरण्यलाई मेरो क्लिनिकमा प्रश्न छर्न र परामर्श पाउन । उहाँ अति उत्सुक र आतुर हुनुहुन्थ्यो मबाट केही सुन्न ।
म एकछिन आश्चर्यमा डुबेँ र प्रश्नमाथि प्रतिप्रश्न थप्दै गएँ । उहाँ जीवनको महŒवपूर्ण घुम्तीमा कुन बाध्यताले भविष्यको आफ्नो जीवन सहयोगीलाई भेटसम्म नगरी स्वीकार्दै हुनुहुन्छ ? खुलेर आपसमा मनका कुरासम्म नबाँडी पहिलो प्रेम, अनुराग र कामवासनाको अनुभव साँट्न तथा कबुल गर्न विवाह मण्डपमा बस्न हतारिँदै हुनुहुन्छ ? कुन युग र मान्यताको फेसनलाई उहाँ आत्मसात् गर्न तम्सिँदै हुनुहुन्छ ? कुन आवेग, शक्ति, करकाप र कमजोरीले एक शिक्षित युवतीलाई चुनैतीको अगाडि कम्पित हुनुप¥यो ? किन उहाँले आमाको अगाडि कलापूर्ण अभिव्यक्ति प्रदर्शन गरेर युवकसँग भेट्ने सहमति उपलब्ध गर्न चुक्नुभयो ? के उहाँ नारी स्वतन्त्रता र छोरीहरूको उत्थान तथा उन्नयन विरोधी हो ? परिवार र व्यवहारमा आफूलाई पर्दा नारी स्वतन्त्रताको आवाज लुकाउने सडकमा वर्षको एक दिन जुलुस निकाल्दै चिच्याएर समानता आफैँ तर्सेर आइपुग्छ भन्ने मान्यता उहाँमा छ कि क्या हो ? म यस्तै प्रतिप्रश्न वाण तथा गोलाबारी उहाका श्रवणेन्द्रीयतीर फ्याँक्दै थिएँ । उहाँ अलिकता पनि विचलित नभएकाले म अरू केही भन्न उहाँको अनुमतिको प्रतिक्षामा थिएँ । असजिलो नमानेर सोधिहालेँ ‘हिरण्य तपाईं मेरा प्रतिप्रश्नबाट थाक्नु त भएन ?’ तुरुन्तै उहाँले जवाफ दिनुभयो, ‘होइन म ध्यानपूर्वक सुन्दैछु ।’
म भन्दै गएँ । युवती होस् वा युवक एकआपसमा जो जस्तो छ, त्यस्तैलाई साथ दिएर जीवनसाथी हुने हिम्मत कसैमा छैन भने किन विवाहको नाटक रच्नु । प्रायः विवाहपछि बच्चा हुन्छन् तर के विवाह खाली सन्तान उत्पादनका लागि मात्र गरिएको औपचारिक बन्धन हो ? जेसुकै कारणले बच्चा नभएको भए पनि यही मुद्दा अगाडि सारी के सम्बन्ध पृथक पार्नै पर्छ ? अहिले संसारमा पाँच करोड दम्पती बाँझोपन, अनुर्वरता अनुभव गर्न बाध्य छन् । १९० देशमा गरिएको २७७ स्वास्थ्य सर्वेक्षणको २० वर्षे अवधिको तथ्याङ्कले यो देखाएको हो । नेपालमा अनुर्वरता ६.९ देखि ९.३ प्रतिशत दम्पतीमा देखापर्ने सतही अध्यनले देखाएको छ । अनुर्वर दम्पतीको मुख्य कारण पहिले स्त्री नै भन्ने धारणा थियो भने हाल अनुसन्धानबाट पुष्टि भएको छ कि बाँझोपनको प्रमुख कारक पुरुष हुन्छ । यी सबै तथ्यहरूको आधारमा पनि भन्नैपर्ने हुन्छ कि वैवाहिक सम्बन्ध खाली सन्तानका निम्ति भन्ने सोचाइ राख्नु सधैँ सही नहुन सक्छ । कसैले सन्तान नै दाम्पत्य जीवनको एक मात्र लक्ष्य सम्झे त्यो दुर्घटना निम्त्याउने पहिलो सर्त हुन सक्छ । वैवाहिक सम्बन्धको महŒवपूर्ण पक्ष सन्तान उत्पादन हुँदाहुँदै पनि बिर्सनुहुन्न कि त्यो जीवनको छोटो अवधिको उत्सव मात्र हो । जीवनमा त्यस्ता उत्सव÷कार्य मिलेर हजारौँ सम्पन्न गर्नुपर्ने हुन्छ । हर क्षणमा दम्पतीको एकीकरण, आपसी समझदारी, मिलाप, क्षमाशीलता जस्ता गुणको जीवनले परीक्षण लिइरहेको हुन्छ । हरेक परीक्षा उत्तीर्ण गर्दै दाम्पत्य जीवन अगाडि बढाउँदै लैजानु नै चुनौती हो तर आत्मसन्तोषको मुहान पनि । जति जति जीवन उत्तरार्धतिर लम्कँदै जान्छ, त्यति नै धेरै दाम्पत्य सामञ्जस्यको आवश्यकता र खाँचो महसुस हुँदै जान्छ । दाम्पत्य जीवनको पाटा, चुनौती, सङ्घर्ष र सहजता सम्झँदै हिरण्यसँग विमर्श गर्दै थिएँ । तर्साउन होइन । दाम्पत्य जीवनलाई शिष्टतापूर्वक व्यवस्था मिलाउन सकून् भन्न । सुरुमा नै दाम्पत्य जीवनप्रतिको अपेक्षा नै व्यावहारिक हुनुपर्छ । दाम्पत्य जीवनलाई शिष्टतापूर्वक व्यवस्था मिलाउन सकून् भन्न । सुरुमा नै दाम्पत्य जीवनप्रतिको अपेक्षा नै व्यावहारिक हुनुपर्छ । दाम्पत्य जीवन काँडासहितको गुलाबको फूल हो भनेर नै बुझ्नुपर्छ । जिन्दगी बिरामरहित सङ्घर्ष भएकाले दाम्पत्य जिन्दगी कसरी सङ्घर्षहीन हुन सक्छ ? दाम्पत्य जीवनरूपी गाडीको चालक, खलासी र मालिक दुवै हुन् । उनीहरूकै कार्यकुशलता, इमानदारी, अनुशासन र समर्पणले गाडीको अवस्था दर्शाउँछ । यति सुनेपछि हिरण्य एक्कासि उठ्नुभयो र हिँड्नलाई तयार हुँदै भन्नुभयो, ‘म आजै आमासँग कुरा गरी सक्दो छिटो युवकसँग भेटी अनि मात्र विवाहको छिनोफानो गर्छु ।’
तीन दिनपछि नै फेरि हिरण्य आइपुग्नुभयो मुस्कुराउँदै । वसन्तसँग दुई दिन भेटेर आफ्ना सबै खुल्दुली र चिन्ता व्यक्त गरेर सन्तुष्ट भएर । अब उहाँ भय र त्रासरहित हुनुहुन्थ्यो । ‘कसरी तपाईं तीन दिनमै यति ढुक्क हुने गरी सफल
हुनुभयो ?’ थियो मेरो प्रश्न ।
अनि उहाँले भन्नुभयो, ‘हाम्रो पाँच घण्टाको वादविवादपछि परीक्षा भयो, एकआपसमा । अनि मैले सोधेँ ः वसन्त, संयुक्त बगैँचामा तिम्रो मन पर्ने फूल भई म सजिन नसके के गर्छौ ? अनि वसन्त मलाई प्रश्न गर्छ ः हिरण्य, पित्तलसँग स्वर्ण साँट्न पुगे तिमीले चाहिँ के गछ्र्यौ ?’
‘भीरबाट खसेको गाईलाई काँध थाप्न सकिन्न’, यसमा हामी दुवै सहमत भयौँ ।
युवकले युवतीको नरम र प्रथम प्रेम पर्खेको मुटुलाई स्वर्ण भनी उत्तेजनाको आँधी ल्याउन सक्छ तर जिन्दगीमा आँसु र काँडासँग सङ्घर्ष गर्न सक्ने हिम्मत छ कि छैन ? मैले नयाँ प्रश्न थपँे । उहाँले एक सेकेन्ड पनि नसोची भन्नुभयो, ‘डाक्टर मैले अब जीवनलाई सङ्घर्ष गर्ने थलोको रूपमा अपनाई सकेँ । जस्तै क्लेश, कष्ट, वेदनालाई पनि म सुखकै अर्को पाटोका रूपमा ग्रहण गर्न अठोट गरिसकँे । हरेकले दाम्पत्य जीवनमा पनि आफ्नो जिन्दगी आफँै भोग्नुपर्ने त हो नि । अनि केको आखत ? दाम्पत्य जीवनको खेलमा नियम पालना गर्दा गर्दै दुर्घटना परे सहौँला, सहनैपर्छ ।’