logo
२०८१ मंसिर १० सोमवार



आमा ( कविता)

शनिवार |


आमा ( कविता)



अरुणबहादुुर खत्री नदी

जन्म दियौ आमा
सुन्दर हिमालको काखमा
सप्तरङ्गी फूल फुल्दैछ
म जन्मेको यो माटोमा ।

मेरो सानो स्वार्थले
अरूको मन दुखाउन
कहाँ सक्छु र आमा
काँडा बनेर म उभिनँ ।

सद्भावको बाटोमा
म हिँडिरहनेछु आमा
जीवन अमूल्य भेटियो
प्रकृतिको यो सृष्टिमा ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?