महेशराज खरेल
उर्लिएको भाव राष्ट्रियताको दिल–दिमागमा सजाउ जहिल्यै
बोक निष्ठाको भारी सहजै, हिँड सत्मार्गमा नबिसाउ कहिल्यै
अनन्त ब्रह्माण्डमा एक एक अंशको मूल्य हुन्छ बुझ तिमी
लिनु लक्ष्य जीवनको अठोट छ स्थिरताको नडराउ पहिल्यै
०००
दशैँ सकियो चहाड हाम्रो संस्कृतिको उपहार हो
मरे सकिन्छ जीवनमा बाँचे आउँछ सदावहार त्यो
मृत्यु बोकेर कोरोना विषाणु छायो यसपाला दशैँमा
नष्ट भए विषाणु लोकबाट फेरि छाउँछ वहार यो !!!