तेजेश्वरबाबु ग्वंगः
वाचा बाँधी छातिभरि हात हाली
भन्दाभन्दै पिउँदिन आजीवन नै
थाम्नै नसकी कसोकसो धरोधर्म
मैले त आफ्नै जीवन
जिन्दगी भरीभरी पिउँदै हिँडे, हिँडिरहे ।
ढाँटेको होइन, हुँदै हैन
पिएर हेर आफ्नै जिन्दगीको रस प्यालाभरि
कति कति मादक लाग्छ जिन्दगीको
रसदार प्याला,
यति मादक अरू छैन कुनै
मादक रस झमझम स्नेहमय धरोधर्म ।
जीवन जत्ति मादक मीठो प्याला
मैले पाउनै सकिन कहीँ कतै
बाँचिरहेछु, हिँडिरहेछु
सन्तोष मानेर प्रफुल्ल जिन्दगानी
सन्तोष भित्रको चिरायु जिन्दगानी ।