logo
२०८१ मंसिर १० सोमवार



तिहार

शनिवार |


तिहार



लालबहादुर भुजेल

कात्तिके पालि
पूर्वमा लाली
कमलो घाम
ठिहिरो याम ।

स्निग्ध हिमाल
कलाझैँ विशाल
लमतन्न तेर्सिएको
खोई के विर्सिएको ?

बाली काट्दैछ
कुहिरो फाट्दैछ
धानको कुनियो
सपना बुनियो ।

खेती–किसानी
पूर्खाको निशानी
कृषि–प्रविधि मैत्री
युगौँ–युगको सगोत्री ।

माया–प्रेमको बहार
सद्भावको तिहार
यसरी बाँचिन्छ
बर्सेनि नाचिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?