गोपी ज्ञवाली
लुम्बिनीमा अशोक स्तम्भ सन् १८९६ मा भेटिएको हो । यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने कुरो प्रमाणित भयो । बुद्धको जन्मस्थल लुम्बिनी पत्ता लागेपछि गौतम बुद्धसँग सम्बन्धित अन्य स्थान तिलौराकोट, बुद्धको मावलीस्थल प्राचीन कोलीय राज्यको राजधानी देवदह, बुद्धको अखण्डित अस्तुधातु गाडिएको नवलपरासीको रामग्राम स्तूप लगायत स्थानमा थप खोजी कार्य पछिल्लो समय तीव्र भयो । यसै क्रममा पुरातìव विभागले प्राचीन कोलीय गणराज्यको राजधानी खोज्ने क्रममा पुराताìिवक अध्ययनका लागि २०६९ देखि २०७३ सम्म विभिन्न चरणमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नम्बर १६ स्थित पण्डितपुरमा उत्खनन ग¥यो । उत्खननबाट प्राप्त प्रमाणले बुद्धको मावलीस्थल कोलीय राज्यको राजधानी एवं मुख्य नगरका रूपमा रहेको देवदह नगरबारे अधिकांश प्रमाण मिलेका छन् । तर यो कुरो आधिकारिक रूपमा घोषणा भने गरिएको छैन ।
पुरातìव विभागले उत्खनन अध्ययनका क्रममा प्राप्त ‘होल’हरू, त्यो समयमा प्रयोग गरिने भाँडा, मूर्तिलगायत प्रमाण फेल परेको जनाएको छ । बुद्धकालीन अन्य सभ्यताहरूको खोजीका क्रममा कोलीय गणराज्यभित्र रहेका सातवटा नगरहरू कहाँ थिए भन्ने कुरो अहिले पुरातìव वा इतिहासमा चासो राख्नेका लागि अत्यन्तै महìवपूर्ण खोजीको विषय बनेको छ । बुद्धको मावलीस्थल प्राचीन कोलीय गणराज्यको क्षेत्र पश्चिममा रोहिणी नदी र पूर्वमा नारायणी नदीभित्र अवस्थित रहेको बुद्धग्रन्थ त्रिपिटकमा पनि उल्लेख छ । यसैगरी आज बुद्धको बारेमा जति पनि अध्ययन वा खोज भइरहेको छ, त्यो आधार भनेको चिनियाँ यात्री फाययानले लेखेको यात्राग्रन्थ नै हो । फाययानको यात्रा विवरणमा वर्णन गरिए अनुसार नै खोजी गर्ने क्रममा लुम्बिनी पत्ता लागेको हो । त्यहाँ अशोक स्तम्भ फेला परेपछि लुम्बिनी यही नै हो भन्ने कुरो प्रमाणित भएको थियो । लुम्बिनी पत्ता लागेपछि बुद्धको मावलीस्थल प्राचीन देवदहको खोजी पनि फाययानको यात्राग्रन्थमा भनिए अनुसारको दूरी र दिशामा अध्ययन उत्खनन गरियो । यो ठाउँ पश्चिम नवलपरासीकोपण्डितपुर हो । उत्खननपछि प्रमाण पनि भेटिए ।
कोलीय गणराज्यमा सातवटा नगर थिए । उत्तरक, ककरपत्त, हल्लीदवसन, सायुगा, रामग्राम, सज्जनेल एवं कुण्डिया नामका यी नगर कहाँ थिए भन्ने विषय अहिले अध्ययन अनुसन्धानको विषय बनेको छ । कोलीय गणराज्यको मुख्य नगर वा राजधानीका रूपमा प्राचीन देवदह थियो । अहिलेसम्मको पुराताìिवक अध्ययनले प्राचीन देवदह नवलपरासीको पण्डितपुरमै रहेकोे देखिएको छ ।
आधिकारिक रूपमा सरकारले विभिन्न स्थानमा कोलीय राज्यका अन्य नगरको खोजी कार्य गरी रहेको छ तर अहिलेसम्म यी नगर कहाँ थिए भन्न यकिनका साथ भन्न सकिएको छैन । तर यति हो कि देवदहको वरिपरिको क्षेत्र, जुन पश्चिममा रोहिणी नदी (हालको भलुही खोला) र पूर्वमा नारायणी नदीको बीच भागमा नै कोलीय गणराज्यका अन्य नगर पनि हुनुपर्ने फाययानको यात्रा विवरणमा उल्लेख छ । यो क्षेत्र अहिले पश्चिम नवलपरासी र रुपन्देहीको पूर्वी भागमा पर्छ ।
यसैबीच पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको वडा नम्बर २ स्थित जावा ककरपत्त नगर हुनसक्ने केही आधारभूत प्रमाण फेला परेका छन् । स्थानीय सरकारले एक महिनाअघि पत्रकार सम्मेलन गरी जावा क्षेत्र प्राचीन ककरपत्त नगर रहेको घोषणा पनि गरेको छ । जावा क्षेत्र प्राचीन कोलीय राज्यको ककरपत्त नगर हो कि होइन त ? यसबारे थप अध्ययन अनुसन्धान त गर्नुपर्ने नै छ । यसका लागि सरकारले पनि बजेट विनियोजन गरी पुरातìव विभागलाई सत्यतथ्य पत्ता लगाउन अनुरोध गरेको छ ।
सरावलको जावामा प्राचीन बुद्धकालीन कोलवृक्षको बगैँचा, बगैँचाको पश्चिममा प्राचीन ताल, पुराना इँटा, भाँडा, केही मूर्ति भेटिएपछि यो क्षेत्र प्राचीन ककरपत्त नगर हुनसक्ने सम्भावना बढेको हो । अहिले यस क्षेत्रमा बुद्धसम्बन्धी अध्येयताको चासो बढेको छ । जावा क्षेत्रको पुराताìिवक अध्ययनका लागि गाउँपालिकासँग समन्वय गरी पुरातìव विभागले काम अघि बढाउने जानकारी पनि पुरातìवविद् भास्कर ज्ञवालीले दिनुभयो । बुद्धको मावलीस्थलको नाम कोलीय गणराज्य जावामा भेटिएको कोलवृक्षको नामबाट रहेको भनाइ पनि छ । अहिले काँडेदार कोलवृक्ष लोपोन्मुख अवस्थामा छ । यहाँ भेटिएका कोलवृक्ष बिरुवा वा कलमी गरेर अन्यत्र सार्दा पनि सरेन । कोलवृक्ष अहिले लोप हँुदै गएपछि केवल सरावल गाउँपालिकाको वडा नम्बर २ मा रहेको जावा क्षेत्रमा मात्र पाइन्छ । यी प्रमाणका आधारमा बौद्ध संस्कृतिका अध्येयता डाक्टर कौशलेन्द्र श्रीवास्तवले पनि यो क्षेत्र ककरपत्त नगर हुनसक्ने बताउनुभयो । प्राचीन कोलवृक्ष रहेको बगैँचादेखि करिब पाँच सय मिटरको पश्चिमतर्फ करिब पाँच बिघा क्षेत्रफलमा प्राचीन बुद्ध सरोवर फैलिएको छ । यस बुद्ध सरोवरको वरपर पनि केही कोलवृक्ष रहेका छन् ।
नवलपरासीको जावामा भेटिएका कोलवृक्षलाई प्राचीन वनस्पतिको रूपमा गत वर्ष मात्र वन विभागले सूचीकृत गरेको हो । बुद्धकालमा कुष्ठरोग असाध्य रोगका रूपमा थियो । यो रोगको उपचारमा कोलवृक्षका पात प्रयोग गरिन्थ्यो र सञ्चो समेत हुने गरेको जानकारी पनि डाक्टर श्रीवास्तवले दिनुभयो । बौद्धग्रन्थहरूमा कोलवृक्ष र ककरपत्त नगरबारे धरैपटक उल्लेख गरिएको पाइन्छ ।
प्राचीन समयमा कुष्ठरोगको उपचार थिएन । यसलाई सरुवा रोगका रूपमा पनि लिइन्थ्यो । कुष्ठरोग लागेका मानिसलाई नगर (सहर वा गाउँबस्ती)बाट निर्वासित गर्ने प्रचलन थियो । यसरी बनारस क्षेत्रबाट निर्वासित भएका मानिसलाई यसै क्षेत्रको कोलवृक्षको जङ्गलमा ल्याएर छाडिन्थ्योे । यसै क्रममा राम नामका राजा पनि कुष्ठरोग लागेका कारण सहरबाट निष्कासित भई यही जङ्गलमा आइपुगेका थिए । यहाँ आएपछि कोलवृक्षका पातको लेप लगाउने, कोलवृक्षका फल खाने गर्दै गर्दा राजा रामको कुष्ठरोग निको भयो । उनी निको भएपछि यस क्षेत्रमा भएको कोलवृक्षको जङ्गल फाँडेर बस्ती बसाइयो । राजा रामले जङ्गल फाँडेर बसाएको बस्ती भएकाले रामग्राम हुन पुगेको भनाइ पनि छ । अहिले पश्चिम नवलपरासीको सदरमुकाम परासी क्षेत्रको नगरपालिकाको नाम रामग्राम नगरपालिका राखिएको छ ।