logo
२०८१ मंसिर १० सोमवार



फरक छन् तरिका (कविता)

शनिवार |


फरक छन् तरिका (कविता)


चोपनारायण बन्जाडे

छन् यहाँ कोहीका मनस्थिति सुस्त
नहोला कसैको शरीर तन्दुरुस्त
पापी होइनन् ती न त हुन् अभागी
एक्लै नपार्नु बनाउनु है सहभागी
केरा फरक हुन्छन् एउटै घरिका
भावना उनै हुन् फरक छन् तरिका ।

छन् यहाँ कोहीका भिन्नाभिन्नै चाल
भिन्नै छ काम गराई भिन्नै जिउडाल
बोझ होइनन् ती न त हुन् बेकारी
प्रोत्साहन गरौँ दिउँ जिम्मेवारी
हिँड्नु छन् गोरेटा थरीथरीका
गन्तव्य उनै हुन् फरक छन् तरिका ।

छन् यहाँ कोही कमजोर सुनाइका
हाउभाउ चाहिने भिन्दै बुझाइका
समस्या होइनन् ती बुझ्छन् भाव
तिरस्कार होइन राखौँ है सद्भाव
सन्तान हुन् तिनी नि उनै हरिका
बुझाइ उनै हुन् फरक छन् तरिका ।

छन् यहाँ कोहीका बाहिरी आँखा बन्द
हो सकोनन् छुट्याउन फूलका रङ
पाप होइन त्यो परिस्थितिजन्य
भेदभाव गर्नु हो अपराध जघन्य
फूल त उनै हुन् तिनी एउटै बारीका
तर फुलाईका मात्रै फर छन् तरिका ।
 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?