प्रतिमा रञ्जित
इतिहास र संस्कृतिको अध्ययन गर्ने विभिन्न आधारहरूमध्ये एउटा महŒवपूर्ण आधार सङ्ग्रहालय हो । यसलाई अनौपचारिक विश्वविद्यालय वा सभ्यताको प्रयोगशाला पनि भनिन्छ, जहाँ विगत बाँचिरहेको हुुन्छ ।
प्राचीनकालदेखि नै नेपालमा धार्मिक, साँस्कृतिक वस्तुहरूको सङ्कलन, भण्डारण र संरक्षण गर्ने गरिएको पाइन्छ । तर, यो अभ्यास सङ्ग्रहालयको परिभाषाभित्र समाविष्ट हुँदैन । नेपालमा राणाकालको उत्तराद्र्धमा सङ्ग्रहालय स्थापनालाई जोड दिएको पाइन्छ । प्रधानमन्त्री भीमसेन थापाले स्थापना गरेको ऐतिहासिक भवन सिलखानालाई विक्रम संवत् १९९५ मा सङ्ग्रहालयका रूपमा रूपान्तरण गरी सर्वसाधारणका लागि खुला गरिएको हो । राणा प्रधानमन्त्री जुुद्धशमशेरले स्थापना गरेको जुद्ध जातीय कलाशाला भवन नै नेपालको पहिलो सङ्ग्रहालयका रूपमा परिचित छ । त्यतिबेला राष्ट्रिय सङ्ग्रहालयलाई नेपाल म्युजियम भनिन्थ्यो । २०२४ सालमा यसलाई राष्ट्रिय सङ्ग्रहालय भनी नामकरण गरियो । भीमसेन थापाले स्थापना गरेको भवन परिसर र यसले चर्चेको क्षेत्रमा अन्य भवन पनि छन् ।
सङ्ग्रहालय स्थापनाक्रममा पाटन, भक्तपुुर र काठमाडाँै दरबार क्षेत्रलाई सङ्ग्रहालयको ढाँचामा परिणत गरिएको छ भने पछिल्लो समय नेपालका विभिन्न ठाउँमा सङ्ग्रहालय स्थापना हुन थालेका छन् । समुुदायस्तरमा तत्तत् जाति र समुदायले स्थापना गरेका सङ्ग्रहालयले स्थानीय सम्पदा र संस्कृतिको संरक्षणमा महŒवपूूर्ण भूमिका खेलेको छ । यसमा राष्ट्रिय सङ्ग्रहालयले केन्द्रीय भूमिका निर्वाह गर्दै सङ्ग्रहालयको विकास र विस्तारमा सघाउनु आवश्यक छ ।
राष्ट्रिय सङ्ग्रहालय परिसरभित्र विविध सङ्ग्रहालय छन् । जसमा जुद्ध जातीय कलाशाला, बुुद्ध आर्ट ग्यालरी र भीमसेन थापाद्वारा निर्माण गरिएको सिलखाना भवनमा ऐतिहासिक, धार्मिक, प्राकृतिक र साँस्कृतिक महŒवका वस्तुुहरू प्रदर्शन गरिएका छन् । विशेषतः जुद्ध जातीय कलाशाला भवनमा प्रस्तरकला, काष्ठकला, मृण्मयकला (माटोबाट बनेका वस्तु) र चित्रकलाका नमुना प्रदर्शित गरिएका छन् । लिच्छविकाल र मल्लकालका कलाकारले निर्माण गरेका यी कलात्मक वस्तुले तत्कालीन सभ्यताको ज्ञान, सीप र कलाको प्रतिभा र क्षमतालाई अभिव्यक्त गरेका छन् । यी कलाले तत्कालीन धार्मिक र साँस्कृतिक चिन्तनलाई पनि प्रतिविम्बित गरेका छन् ।
बौद्ध आर्ट ग्यालरीमा बौद्ध धर्म, दर्शन र संस्कृतिसँग सम्बन्धित वस्तु प्रदर्शन गरिएका छन् भने सिलखाना भवनमा विशेषगरी शाहकालीन हातहतियार र प्राकृतिक एवम् प्राग्ऐतिहासिक मानवले प्रयोग गर्ने वस्तुका प्रतीकात्मक नमुना प्रदर्शित गरिएका छन् ।
त्यसैगरी, राष्ट्रिय सङ्ग्रहालय परिसरमा राष्ट्रिय मुद्रा सङ्ग्रहालय पनि छ । यस सङ्ग्रहालयमा नेपालका प्राचीन मुुद्रालाई प्रदर्शन गरिएका छन् । मुद्राको इतिहास र विकासक्रम जान्न चाहनेले यो सङ्ग्रहालयबाट धेरै ज्ञान लिन सक्छ । यसमा विशेषतः भारतीय सभ्यतामा प्रचलित प्राचीन सिक्काहरू पनि प्रदर्शित छन् । आहत मुद्रा र कुुषाण मुुद्राहरूले भारतको मौद्रिक इतिहासको प्रतिनिधित्व गर्छ । त्यसैगरी लिच्छवि, मल्ल र शाहकालका विभिन्नप्रकारका सिक्का पनि प्रदर्शित छन् । जसले तत्कालीन धार्मिक, साँस्कृतिक, सामाजिक र आर्थिक इतिहासलाई सङ्केत गरेका छन् । इतिहास र संस्कृतिका अध्ययनका लागि मुद्रा महŒवपूर्ण पुराताŒिवक एवम् प्रामाणिक आधार हो ।
नेपालको इतिहास, संस्कृति र सभ्यताको अध्ययनका लागि राष्ट्रिय सङ्ग्रहालय एउटा महŒवपूर्ण आधार हो । विशेषतः स्कुल र विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि सङ्ग्रहालय भ्रमण महŒवपूर्ण मानिन्छ । सङ्ग्रहालय भ्रमण गरेर उनीहरूले आफ्नो देशको इतिहास, संस्कृति र सभ्यताबारे जान्ने अवसर पाउँछन् । त्यसकारण सङ्ग्रहालय र शिक्षण संस्थाबीच समन्वय हुुनु आवश्यक छ । पर्यटनका लागि पनि सङ्ग्रहालय महŒवपूर्ण आधार हो । विश्वका प्रायः सङ्ग्रहालयहरू पर्यटनको गन्तव्यस्थल बनेका छन् । नेपालमा पनि सङ्ग्रहालय स्थापना भएदेखि नै पर्यटकले यसको भ्रमण गरेका छन् । तर, जति मात्रामा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने हो, त्यति गर्न सकिएको छैन । विसं २०७२ को विनाशकारी भूूकम्पले सम्पदास्थलहरूमाथि पनि क्षति पुु¥यायो । क्षति पुगेका सम्पदाको पुनःनिर्माण भइरहेकै बेला फेरि कोभिड–१९ को महामाहरी पैmलियो । यसले पर्यटन व्यवसायमा धक्का पुग्यो । कोभिडले प्रभावित नहुने कुनै पनि क्षेत्र रहेन । यसको प्रभाव सङ्ग्रहालयमा पनि प¥यो । यस्तो परिस्थितिमा विश्वका अधिकांश सङ्ग्रहालयले भर्चुअल रियालिटी (भीआर) म्युुजियम टुरको अवधारणालाई अपनाएको देखिन्छ । तसर्थ, नेपालमा पनि यो अवधारणालाई अवलम्बन गर्नु जरुरी भइसकेको छ । यसबाट घरमै बसेर आफूूअनुकूल विद्युतीय माध्यमबाट सङ्ग्रहालय भ्रमण गर्न सकिन्छ ।
लामो समयको बन्दाबन्दीका कारण ठप्प भएको अर्थतन्त्रलगायत बन्द समाजलाई क्रमशः खोल्ने नेपाल सरकारको निर्णयसँगै मङ्सिर ५ देखि सङ्ग्रहालयहरू क्रमशः खुल्दै छन् । विदेशी पर्यटकको आगमनमा निकै कमी भएको यो अवस्थामा आन्तरिक पर्यटकीय गतिविधि परिचालन गर्नु हामी सबैको कर्तव्य हो । आन्तरिक पर्यटकलाई स्वागत गर्न नेपालका सबै सङ्ग्रहालय तयार छन् । भ्रमणमा आउने पाहुुनाहरूको स्वागतका लागि काठमाडौँस्थित छाउनीको राष्ट्रिय सङ्ग्रहालय पनि तयार छ । नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भ्रमणको व्यवस्था यहाँ मिलाइएको छ । लामो समय बन्दाबन्दीमा रहँदा विशेषगरी बालबालिका र किशोरकिशोरीहरू ‘रिफ्रेस’ हुने अवसर खोजिरहेका छन् । उनीहरूलाई तनावमुक्त बनाउनु हामी सबैको दायित्व हो । यसैले आफ्ना बालबालिका तथा विद्यार्थीलाई सङ्ग्रहालय भ्रमण गराउनु यो समयमा उपयुक्त हुन्छ ।