logo
२०८१ मंसिर १० सोमवार



सङ्लिएको रात (कविता)

शनिवार |


सङ्लिएको रात (कविता)


लक्ष्मीप्रसाद प्रसाईं

धुँवा धुलोले
वायु प्रदूषणसँगै
रात पनि धमिलिएको थियो
तर अचानक
रात सङ्लिएको छ
आकाशमा जूनतारा
देखिन थाले
क्षितिजबाट सुस्त सुस्त
उज्यालो निस्किँदै छ
त्यसैले मलाई भरोसा बढेको छ
पृथ्वीमा हलचल ल्याउने
ग्रहहरू पनि थाकी सके
म अब ढुक्कसँग बस्छु
वातावरण र पर्यावरणलाई
प्रदूषण मुक्त बनाउन सहयोग गर्छु
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?