logo
२०८२ असार ४ बुधवार



परदेशीको पीडा (कविता)

शनिवार |


परदेशीको पीडा (कविता)


त्रिविक्रम पाण्डे

कमाउन गएथेँ उल्टै गुमाएर आएँ
उम्लँदो यो आँसु प्याला बोकेर ल्याएँ

अभागी यो निधारमा भावीले के लेख्यो
पर्देशमा पैसा फल्ने रूख कसले देख्यो
घर छोडी अनगिन्ती ठक्कर हन्डर खाएँ
उम्लँदो यो आँसु प्याला बोकेर ल्याएँ

आफन्त न भेटेँ कोही भेटेँ साथीसङ्गी
मतलबको पुत्ला पर्देश सहर रङ्गीचङ्गी
धनधान्यमा रमाउने मानव पुत्ला पाएँ
उम्लँदो यो आँसु प्याला बोकेर ल्याएँ

घिनलाग्दो खतरा कठिन काम पाइयो
विदेशमा रगत कति पसिना बगाइयो  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?