तेजेश्वरबाबु ग्वंगः
आकाश उघ्रिसकेको हुन्छ
जब बिउँझन्छु म सखारै
बिउँझिई रहूँझैँ लाग्छ मलाई
उघ्रेको आकाश ओढेरै ।
आकाश ओढ्न पाएरै होला
उसले छोइरहेझैँ लाग्छ
कहिले उसले किरण उज्यालो
छर्किदिन्छ जिउभर मलाई ।
त्यै किरणले पोषित भएर
बाँचिरहेझँै लाग्छ
तेज बिनाको के जीवन ?
आकाश तेजकै गर्भस्थान !