पुष्पराज जोशी
हिजोभन्दा आज र आजभन्दा भोलि उन्नत हुने चाहनाले नै हरेक क्षेत्रमा प्रगति भइरहेको हुन्छ । मानिसको यो चाहनालाई मूर्त रूप दिन समयअनुसारका ज्ञान, सीप, प्रविधि र स्रोत–साधन चाहिन्छ । साथै, गतिलो व्यवस्थापन र सकारात्मक सोच पनि आवश्यक पर्छ । यी तìवहरू किताबका ठेलीहरूमा मात्र होइन, राजनीतिज्ञ, कूटनीतिज्ञ, अर्थशास्त्री, विकासविद्, पत्रकार, ज्येष्ठ नागरिक, सर्वसाधारण आदि समाजका सबै वर्ग र तहका व्यक्तिहरूसँगको औपचारिक तथा अनौपचारिक संवाद, छलफल, भेटघाट तथा कुराकानीका क्रममा पनि प्राप्त हुन सक्छन् । आफ्नै घरमा हजुरबा तथा हजुरआमासँग जीवन जिउने उम्दा कला हुन सक्छ, साथीभाइसँग सल्लाह गर्दा जीवनमा परेको ठूलो गाँठो सजिलै फुस्कन सक्छ, एउटा सानो उपायले देशभरिकै नागरिकको समस्या हल हुन सक्छ । तर यस्ता उपाय वा ज्ञान वा प्रविधिलाई चिन्न सक्ने वा परख गर्ने जाँगर र क्षमता भने हुनुपर्छ । व्यवस्थापनविद् अश्विनकुमार पुडासैनीले पनि आपूmले भेटेका अनुकरणीय व्यक्तिका अनुकरणीय सोच÷विचारहरू एक अनलाइनमार्पmत सार्वजनिक गर्दै आउनुभएको थियो । उहाँका यी विचारहरू ‘बत्तीमुनि उज्यालो’ पुस्तकमा सङ्गृहीत भएर सार्वजनिक भएका छन् । सकारात्मक सोच, व्यवहार, आचरण र धारणाहरूको अभिवृद्धि गर्न र देशको विकास, समृद्धि र जनताको सुख शान्तिसँग जोडेर अभिव्यक्त गर्न यी लेखहरूले भरपुर प्रयत्न गरेका छन् ।
पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्ड समाज र संस्कृतिअन्तर्गत २० वटा लेख छन् । जसमा ‘बत्तीमुनि उज्यालो’ पुस्तकको शीर्षकसमेत रहेको लेखले हाम्रो ‘बत्तीमुनि अँध्यारो’ भन्ने आहानलाई समयअनुसार परिवर्तन गर्न नसकिएको यथार्थ प्रस्तुत गरेको छ । डिबिया बत्तीको चलनमा पो बत्तीमुनि अँध्यारो हुन्थ्यो । अब त बिजुली बत्तीको चलनमा त बत्तीमुनि उज्यालो भन्नुपर्ने हो नि । फेरि उज्यालो ज्ञानको, विकासको, समृद्धिको द्योतक पनि हो । यो उज्यालोका लागि कति मिहिनेत गर्नुपर्छ भन्ने कुरा लेखकले आफ्नी हजुरआमाले भन्नुभएको ‘‘मान्छेको जुनीमा दश कर्म पूरा गर्नुपर्छ तर बत्ती (डिबिया बत्ती) बाल्न सत्र कर्म पूरा गर्नपर्छ’’ भन्ने भनाइबाट स्पष्ट पार्न खोज्नुभएको छ । दोस्रो लेख ‘हजुरबाको सीसीटीभी’ ले संसारमा कसैले देख्दैन भनेर जे मन लाग्यो त्यो काम गर्नु हुँदैन । स्वअनुशासनमा बस्नुपर्छ भन्ने सन्देश दिएको छ । यस्तै ‘सोह्रश्राद्धमा पछुतो’, ‘शक्तिका स्रोतहरू’, ‘इलमीको हात’, ‘प्रगति पथ’, ‘उत्तम ज्ञान’, ‘किताबमुक्त सिकाइ’, ‘सडक अनुशासन’, ‘ग्याजेटको त्रास’, ‘चार शौचालय’, ‘समृद्धि सूत्र’,
‘भड्किला चाडपर्व’, ‘चम्कन्छन् बच्चाबच्ची’, ‘ज्येष्ठ नागरिक’, ‘स्मृति हरण’, ‘सक्रिय बढ्यौली’, ‘धर्तीकी अप्सरा’ शीर्षकका लेखहरू छन् । यिनले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, अनुभव र सीप, उनीहरूको बढ्यौली जीवन, ऊर्जावान् शरीरका स्रोत, देश विकासमा इलमको महìव, बा(लबालिका हुर्काउन परेको कठिनाइ, रारामा पर्यटकीय सम्भावना आदि विषयमा विभिन्न व्यक्ति तथा सरोकारवालाहरूको विचारसहित निष्कर्ष प्रस्तुत गरिएको छ ।
दोस्रो खण्ड अर्थ र व्यवस्थापनअन्तर्गत १९ वटा लेख छन् । अर्थ भन्नासाथ पैसा वा नगदको कुरो आइहाल्छ । अनि व्यवस्थापन हरेक क्षेत्रको विकासमा पहिलो सर्तका रूपमा उभिएको हुन्छ । व्यवस्थापन राम्रो भए स्रोत–साधन खेर जाँदैन । लक्ष्य हासिल हुन्छ । व्यवस्थापन खुस्किए बाँकी केही रहँदैन । यसका लागि लेखक पुडासैनीले देशभित्रका सफल व्यवस्थापकदेखि जापानी व्यवस्थापनलाई उदाहरणका रूपमा अघि सार्नु भएको छ । ‘मीनबहादुरको जादू’ शीर्षकमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको सफलता, ‘माकजू मोडेल’ भनेर काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. रामकण्ठ माकजूको व्यवस्थापन सीप, ‘सफलताको कथा’ मा अमेरिकाबाट फर्केर व्यवसायमा सफल भएका युवाको कथा समेटिएको छ । ‘पैसाको व्यापार’ मा नेपालमा बैङ्कको स्थापना र नेपाली नोटको प्रचलनको इतिहास उल्लेख छ । यसैगरी अन्य लेखमा ‘मोबाइलबाटै दक्षिणा’, ‘बाई–बाई नगद’, ‘सबैको बैङ्क खाता’, ‘चार वर्षे योजना’, ‘चिप्लिएको बजेट’, ‘राजनीतिको व्यापार’, ‘सातसूत्रीय सफलता’, ‘सफलता व्यवस्थापन’, ‘जापानी व्यवस्थापन’, ‘सार्वजनिक प्रशासन’,
‘लोकसवाको ‘सेवा’’, ‘बिजुली बत्ती’, ‘पर्यटन विकास’, ‘विपनामै समृद्धि’, ‘नयाँ तरङ्ग’ रहेका छन् । लेखहरूले देश विकासका लागि सबैको बैङ्क खाता खोल्न र कारोबारमा इ–पेमेन्ट गर्न जोड दिएको छ । यस्तै योजनाबद्ध विकास, वार्षिक बजेट, पर्यटन विकास आदि समसामयिक विषयमा गरिएका छलफललाई सविस्तार उल्लेख गरिएको छ ।
तेस्रो खण्ड राजनीति र कूटनीतिअन्तर्गत २३ वटा लेख छन् । यी लेख ‘नयाँ युग’, ‘समृद्धिका सारथी’, ‘मध्यपुस्ताको हुटहुटी’, ‘भूस्वर्गको सपना’, ‘थिंक ट्यांक’, ‘नीति प्रतिष्ठान’, ‘छ महीनामा’, ‘सरकारको अनुगमन’,
‘आँगनमा सिंहदरबार’, ‘आफैँ शासक’,
‘प्याराडइम सिफ्ट’, ‘सध्रिँदो छिमेकी’,
‘ओजिलो भ्रमण’, ‘सम्बन्धको उँचाइ’, ‘स्वाभिमानको सम्मान’, ‘विपुल सम्भावना’, ‘ऐतिहासिक उपलब्धि’, ‘नयाँ सभ्यता’, ‘कूटनीतिक कौशल’, ‘राजनीतिक नियुक्ति’,
‘आर्थिक कूटनीति’ र ‘उज्यालो भविष्य’ शीर्षकमा छन् ।
विशेष गरी २०७२ साल असोज ३ गते नेपालको संविधान जारी हुँदाको समय, यही संविधानबमोजिम २०७४ सालमा सम्पन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन र निर्वाचनपछि २०७४ फागुन ३ गते केपी ओली नेतृत्वको सरकार बनेको घटनालाई नेपाल नयाँ युगमा प्रवेश गरेको भनेर लेखक पुडासैनीले चित्रित गर्नुभएको छ । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संविधानप्रति असन्तुष्ट भारतले अघोषित नाकाबन्दी लगाएको थियो । यो बेला प्रधानमन्त्री ओलीले राख्नुभएको ‘चट्टानी अडान’ का कारण बाध्य भएर भारत आफ्नो कदमबाट पछि हट्नुप¥यो । यसले नेपालको शिर उँचो बनाउन मद्दत पनि ग¥यो । तत्कालीन ओली नेतृत्वको दललाई झण्डै दुईतिहाइ मत दिएर नेपाली जनताले यो कुरालाई अनुमोदन गरेकाले नेपालको समृद्धिका सारथिका रूपमा पनि केपी शर्मा ओलीलाई चित्रित गरिएको छ । यसैगरी कुनै पनि मुलुक भुगोलमा साना ठूला हुन सक्छन्, जनसङ्ख्यामा साना ठूला हुन सक्छन्, विकासमा अघिपछि हुन सक्छन् तर सार्वभौमसत्ता समान हुन्छन् । स्वाभिमान र स्वतन्त्रता समान हुन्छन् । उनीहरू आफ्ना आन्तरिक मामिला र वाह्य सम्बन्धका बारेमा निर्णय गर्न स्वाधीन र स्वतन्त्र हुन्छन् भन्ने केपी शर्मा ओलीको विदेश नीतिलाई ‘ओली डक्ट्रिन’का रूपमा परिभाषित गर्दै कूटनीतिमा ‘प्याराडाइम सिफ्ट’ भएको दाबी पनि लेखहरूमा गरिएको छ । ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’, नारालाई सार्थक तुल्याउन चीन र भारतबाट रेल ल्याउने, घरघरमा ग्यासको पाइप पु¥याउने, नेपालको आफ्नै पानी जहाज चलाउनेजस्ता महìवाकांक्षी योजनाको सपना देख्नुपर्ने तर्क पनि अघि सारिएको छ । लेखक पुडासैनी कुनै समय परराष्ट्रमन्त्रीको सल्लाहकार पनि हुनुभएकोले कूटनीति, विदेशनीति सुधारका बारेमा लेखमार्पmत प्रशस्त छलफल चलाउनुभएको छ । यस्तै राज्य सञ्चालनमा थिंक ट्यांकको महìव, सरकारले गर्नुपर्ने काम, सुशासनका विषय पनि उठाइएका छन् । कोरोनापछिको हाम्रो अवस्था र आर्थिक कूटनीति कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा पनि लेखकको ध्यान पुगेको छ ।
समग्रमा ‘बत्तीमुनि उज्यालो’ सैद्धान्तिक र व्यावहारिक ज्ञानको सङ्गम हो । लेखहरू पढ्दै जाँदा वास्ता नगरिएका कतिपय विषयले ‘ए हो त नि’ भनेर मनमा चस्स पार्छ । ती विषय विश्वविद्यालयमा प्राप्त गरिने ज्ञानभन्दा कम लाग्दैनन् । कतिपय लेखहरू भने तत्कालीन सन्दर्भमा महìवपूर्ण भए पनि समय गुज्रँदा वजन हराएको अनुभूति हुन्छ । भाषा सरल छ । शैली मिठो छ । खोट लगाउने ठाउँ कतै छैन । कतै कतै तथ्याङ्कमा भने गल्ती भएको छ । पुस्तक लेखहरूको सङ्ग्रह भए पनि पठनीय र सङ्ग्रहणीय बनेको छ ।