logo
२०८१ मंसिर १० सोमवार



यात्रा (कविता)

शनिवार |


यात्रा (कविता)


पवन आलोक

यात्रा रहेछ जीवन
बुझ्नै नसकिने
क्लिष्ट कविता जस्तो ।

बगिरहेछ नदीझैँ
तर पनि
रोकिन्न जीवनको यात्रा
हिँड्नु,
निरन्तर हिँडिरहनु
जीवनको अर्को नाम हो ।

दौडिरहेछ समय
धरती, आकाश र समुद्र
टेकेर
हाम्रा सपना र गन्तव्य
टेकेर
तर रोकिनु हुन्न पाइलाहरू
एक एक पाइलाबाटै
सम्भव छ
लाखौँ किलोमिटरको यात्रा ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?