logo
२०८१ मंसिर १० सोमवार



सौन्दर्यको खोजी

शनिवार |


सौन्दर्यको खोजी


प्रदिप्नराज पन्त

सौन्दर्यको खोजी अनादि कालदेखि हुँदै आएको छ । सौन्दर्यलाई सापेक्षतामा परिभाषित गर्ने चलन थियो विगतमा । हुन पनि विभिन्न नश्ल र ऐतिहासिक अवधारणाको आधारमा सौन्दर्यको मानक फरक हुने गर्छ । विश्वका सबै सभ्यता र संस्कृतिले सौन्दर्यलाई परिभाषित गरेका छन् । यसैले भन्ने गरिन्छ सौन्दर्य हेर्नेको आँखामा हुन्छ । कसैको सानो बच्चालाई देखेर कति सुन्दर बच्चा, कुकुरलाई देखेर कस्तो राम्रो कुकुर भन्ने गरिए पनि यसरी वर्णन गरिएको सौन्दर्यको महìव हँुदैन । प्राकृतिक सौन्दर्य कुनै ऐच्छिक र अनियमित विषय होइन भनेर केही वैज्ञानिकले भन्ने गरेका छन् । प्रकृति, जीवन र जगत्मा देखिने सौन्दर्यको मापन समरूपता र अनुपातमा हुन्छ । सौन्दर्यको सर्वमान्य परिभाषा र स्पष्ट वर्णन गर्न सहज नभए पनि असम्भव चाहिँ हुँदैन भन्ने मत नै वैज्ञानिकहरूको छ । उनीहरूका अनुसार मानिसहरूमा एक किसिमको आनुवंशिक सङ्केत डीएनए हुन्छ, जो एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भएको हुन्छ र मानिसहरूमा विद्यमान हुन्छ । जसलाई छुन, महसुस गर्न र देख्न सकिन्छ । यसैको आधारमा सौन्दर्यलाई वर्णन गर्न र स्पष्ट पार्न सकिन्छ । यही आनुवंशिक संरचनालाई आधार बनाएर गणितीय हिसाबअनुसार सूत्रबद्ध तरिकाले सौन्दर्यको वर्णन गर्नेसमेत गरिएको छ ।

 सुनौलो अनुपात
सौन्दर्यलाई गणितीय हिसाबमा परिभाषित गर्ने विधिलाई सुनौलो अनुपात भनिन्छ र यसलाई ग्रिकको एक्काइसौँ अक्षर ‘Φ’ ले दर्शाइन्छ । यसलाई ‘फी’ भनिन्छ । यो गणितमा प्रयोग हुने रोमाञ्चक सङ्ख्या हो, जसलाई गणितज्ञहरूले लियोनार्डो फिवोनास्सी सङ्ख्या पनि भन्छन् किनभने यसको अन्वेषण र प्रयोग बाह्रौँ शताब्दीमा ग्रिकका गणितज्ञ लियोनार्डो फिवोनास्सीले गरेका हुन् । यसको प्रयोग इन्जिनियरिङलगायत दैनिक क्रियाकलापमा अनपढ शिक्षित, राजनेता वैज्ञानिक, जन्तु जगत् वनस्पति सबैतिर सबैले गरेका हुन्छन् । समय कालसँगै यसको बारेमा व्यापक अनुसन्धान भयो । धेरै गणितज्ञले यसलाई प्रयोग गरे । जीवन र जगत्का धेरै रहस्यलाई यसले सुल्झाइदियो । जसले गर्दा यसलाई सुनौलो अनुपात, सुनौलो प्रशाखा र कसैकसैले दैवीय अनुपात या जादुयी सङ्ख्यासमेत भन्ने गर्छन् । हुन पनि यही अनुपातले ज्योतिषीय, खगोल शास्त्रीय समस्याहरू समाधान भए । जीव र जगत्मा पत्याउनै नसकिने सङ्ख्याको गणनासमेत गर्न सम्भव भयो ।
फीको मान १ दशमलव ६१८ हुन्छ । फी अङ्गे्रजीमा पी, एच, आई ले बनेको भएर कसैले पाई समेत भन्ने गरेका छन् । पाई र फी दुई फरक अस्तित्वको सङ्ख्या हो । पाईको मान ३ दशमलव १४ हुन्छ । पाईको कथा छुट्टै छ र अहिले फिको बारेमा वर्णन गरिएको छ । जो सौन्दर्यसँग महìवपूर्ण भूमिका खेलेको छ । सूत्र यस्तो छ
बरद.बंदरब. १.६१८ . Φ(फी)फिबोनास्सीका अनुसार फी भनेको यस्तो सङ्ख्याको क्रम हो जहाँको अघिल्लो सङ्ख्या दुई पूर्ववर्ती सङ्ख्याको योग हुन जान्छ । फिबोनास्सी क्रमको पहिलो दुई सङ्ख्या ०, १ या १, १ हुन्छ र यसको क्रम १, १, २, ३, ५, ८, १३, २१ .... एवं रितले । सूत्रअनुसार फिवोनास्सी सङ्ख्याको अनुपातको गणना १३ र ८=१ दशमलव ६२५ ,२१ र १३= १ दशमलव ६१५ र पूर्णाङ्कको आँकडा (राउण्ड फिगर) मा राख्दा फीको मान १ दशमलव ६१८ भनिएको हो र यसलाई नै सुनौलो अनुपात भनिन्छ ।



‘फी’को साइनो सौन्दर्यसँग
डा. स्टेफेन मरक्वार्डट (ओरल एण्ड म्याक्जियोफ्यासिल चिकित्सक) ले सौन्दर्यको बारेमा चिकित्सकीय दृष्टिकोणले मात्र होइन, मानिसको समष्टिगत सौन्दर्यको बारेमा विभिन्न कोणबाट अध्ययन गर्नुभएको छ । उहाँले विभिन्न सांस्कृतिक, धार्मिक र सामाजिक समुदायबीच परीक्षण गर्नुभयो । सबै समूहले अनुहारको सौन्दर्यको बारेमा समान धारणा अभिव्यक्त भएको प्रतिवेदन सार्वजनिक पनि गर्नुभयो । डा. मरक्वार्डटले इतिहासदेखि आधुनिक युगसम्मका मानिसको अनुहारको विश्लेषण गरेर सौन्दर्य थाहा पाउने मूलरूप ‘प्रोटोटाइप’को विकास गर्नुभयो र ‘पेटेण्ट’ गराउनुभएको छ । जसलाई ‘ब्युटी मास्क’ भनिन्छ । त्यो मास्कमा डा. मरक्वार्डटले पाँच र दशकोणवाला समतल भुज आकृतिलाई आधार बनाएर ‘ब्युटी मास्क’ बनाउनुभएको छ । यो मास्कको सबै आयाम फीको प्रतीक छन् । यो एक किसिमको टेम्प्लेट (फर्मा) हो, जुन सहजरूपमा इन्टरनेटबाट प्राप्त गर्न सकिन्छ । यो फर्मामा मानिसहरूको तस्बिर दुरुस्त फिट हुन्छ हँुदैन भनेर जाँचिन्छ र फीको अनुपातअनुसार कति मिल्छ, त्यसैको आधार बनाएर सौन्दर्य मापन गरिन्छ । कुनै तस्बिर ठ्याक्कै मिल्छ । मतलव नाक जहाँ हुनुपर्ने हो त्यहीँ, कान जहाँ हुनुपर्ने हो त्यहीँ, आँखीभौँ जहाँ हुनुपर्ने हो त्यहीँ भयो भने सौन्दर्य भन्ने गरिन्छ अर्थात् फर्माअनुसार दुरुस्त मिले अति सुन्दर नमिले अनुपातमा कति तलमाथि भयो, त्यसैलाई आधार बनाएर चिह्नाङ्कन गरिन्छ र सौन्दर्य मापन गरिन्छ । मुखको विभिन्न किसिमको शल्यक्रिया अथवा भनौँ प्लास्टिक सर्जरी गरेर अझ सुन्दर बनाउन पनि यही फर्मालाई प्रयोगमा ल्याइन्छ ।
तस्बिरको साथसाथै उहाँले बनाउनु भएको फर्मालाई मानिसहरूले अनुहारमा सीधँै लगाएर पनि आफ्नो सौन्दर्य जाँच गर्ने गर्छन् । त्यो फर्मा व्यक्तिको अनुहारसँग ठ्याक्कै मिल्यो अर्थात् भनेको ठाउँमा नाक, कान, ओठलगायत अङ्ग फीको अनुपातअनुसार भयो भने त्यो व्यक्ति सुन्दर र मिलेन भने बाह्यरूपमा सुन्दर नभएको ठहर गरिन्छ अहिलेको संसारमा । फीको आधारमा कति प्रतिशत सुन्दर र असुन्दर भनेर व्यक्तिलाई चिनाइन्छ ।
यसरी सौन्दर्य मापन गर्ने फर्मा बनिसकेको भए पनि यसरी मापन गरिएको सौन्दर्यबाट मात्र सुन्दर वा सुन्दरी भन्न मिल्छ कि मिल्दैन भन्ने विवाद चाहिँ छँदैछ । तर धेरैजसो विज्ञापन, सिनेमा आदिमा अडिसन लिँदा यो एउटा महìवपूर्ण आधारको रूपमा विकास भएको छ । यसलाई धेरै मानिसहरूले पछ्याउन थालेको छन् । यसको मतलव कुनै मानिसको सौन्दर्यलाई डिएनएमा कोडिट निर्देशनअनुसारको आधारमा कम्प्युटरमा वर्णन गर्न सकिन्छ ।

दैवीय अनुपात
मानिसको सौन्दर्यमा मात्र होइन, फीको अनुपातअनुसार युरोप अमेरिकातिरका विश्व प्रसिद्ध वास्तुकला र पुराताìिवक महìवका घरहरू समेत निर्माण गरिएका छन् । फीको प्रयोग गरेर नै सबभन्दा पहिला इजिप्टको बहुचर्चित पीरामिड बनाइएको हो । पिरामिड गिजाको एकतर्फको आधार लम्बाइ ७५६ फिट छ र यसको उचाइ ४८१ फिट छ । जसको अनुपात १ दशमलव ५७१ छ, जुन फी अनुपात हो । यसको साथै ठूलाठूला बिल्डिङका कोडहरू बनाउँदा यसैलाई आधार बनाएर बनाइन्छ । यही अनुपातलाई आधार बनाएर ग्रिकका अन्य कैयन् प्राचीन मूर्तिकला र पिरामिडहरू बनाइएका छन् ।
मानव चिकित्सालगायत अनेक साना कीटपतङ्गहरूको प्रजातिको सङ्ख्या यही अनुपातको आधारमा गणितज्ञहरूले निकालेका हुन् । मौरीको घारमा कति मौरी छ र कुन कुन प्रजातिको अर्थात् भाले, पोथी, ज्यामी र रानी मौरीहरू छन्, यही अवधारणाको आधारमा तय गरिन्छ र कतिपय जीवहरूको परस्पर सम्बन्ध कस्तो छ भनेर आँकलन गरिन्छ ।
मौरीको घारमा ज्यामी मौरीको सङ्ख्या भाले मौरीको तुलनामा धेरै हुन्छ । ज्यामी मौरीको सङ्ख्यालाई भाले मौरीको सङ्ख्याले भाग गर्दा आउने उत्तर आश्चर्य लाग्दो छ । संसारभरिको मौरीको घारमा मौरी प्रजातिका सबै मौरीहरूको सङ्ख्या निश्चित सङ्ख्यामा हुन्छ । घारमा मौरीको सङ्ख्या धेरै थोरै भए पनि अनुपातमा भाले, ज्यामी र रानीको सङ्ख्या संसारभरिको घारमा स्थिर अथवा उस्तै हुन्छ । पहिलो कारण फीको नै हो किनभने प्रकृतिमा भएका सबै जीवजन्तु बोट बिरुवाहरूको बारेमा यही गणितको सूत्रबाट नै मानिसहरूले जानकारी पाए । यसले प्रकृतिमा नसुल्झिएको धेरै समस्या समाधान गर्न मद्यत गरेको छ । मानव जीवनमा मात्र होइन वनस्पति र जनावर सबैमा बहुआयामिक गुण र चरित्र हुन्छ । जुन फीको अनुपातसँग विना त्रुटिपूर्ण तरिकाले सामाञ्जस्यता कायम गरेको हुन्छ ।
फी प्रकृतिमा सर्वव्यापकता छ र विधाताले पहिला पहिला यसलाई प्रकृतिको रहस्य सम्झाउन रचना गरेको भन्ने गरिन्थ्यो र यसकारण यसलाई दैवीय अनुपात भनिएको हो । सूर्यमुखी पूmलको वीज विपरीत दिशामा अङ्कुरण हुन्छ तर सूर्य उदाउने दिशामा सूर्यको जस्तै आकारमा फुल्ने गर्छ । सूर्य जताबाट उदाएको छ उतैतिर मुुख पु¥याउने यो पूmलको सूर्यतर्फ फर्कने क्रमको अनुपात फी अर्थात् १ दशमलव ६८१ मा हुने गर्छ ।
कलामा गणितको व्यापक प्रयोग गरिएको छ । लियोनार्दो दा भिन्जीको बहुचर्चित नग्न पुुरुष (मेल न्युड) तस्बिर ‘दि भेट्रोभिएन म्यान’ मा फीको प्रयोग अर्थात् चित्रहरू एउटा निश्चित सूत्रमा बनाइएको छ । चित्र कोरेर मात्र हँुदैन चित्र सुन्दर र यथार्थसँग मिल्ने पनि हुनुपर्छ । लियोनार्दाेले वास्तवमा मानव हड्डीको सटिक अनुपात मापन गर्नका लागि धेरै लासको अध्ययन गरेका थिए र कस्तो कत्रो हाड भएका मानिसहरू सुन्दर देखिँदा रहेछन् भनेर परीक्षण गर्दा फी अनुपातअनुसारको मानिसहरू सुन्दर हुने देखायो र तत् अनरूपका चित्रहरू बनाए । जुन विश्वप्रसिद्ध छन् । मोनालिसामा पनि फीकै सूत्र प्रयोग गरिएको छ । यसैले अत्यन्त सुन्दर देखियो । नाक, मुख, आँखा, मुस्कान सबै फीको अनुपातअनुसार नै बनाइएका छन् ।
काँधबाट आफ्नो औँलासम्मको दूरी नाप्नुहोस्, त्यसपछि कुइनोबाट औँलासम्मको दूरी नाप्नुहोस् र काँधबाट औँलासम्मको दूरीलाई कुइनोबाट औँलासम्मको दूरीले भाग गर्नुहोस्, त्यसको मान फी अर्थात् १ दशमलव ६८१ को हाराहारी हुन्छ संसारका सबै मानिसहरूको । त्यस्तै कम्मरदेखि खुट्टाको कुर्कुच्चासम्म र घुँडादेखि कुर्कुच्चासम्म नाप लिनुहोस् र भाग गर्नुहोस् अनुपात फीकै हुन्छ । शरीरका धेरै अङ्गहरू यस्तै अनुपातमा बनेको हुन्छ, जसको प्रयोगले चिकित्सा विज्ञानका थुप्रै गुत्थी सुल्झिएका छन् । असलमा मानव शरीर घर बनाउँदा प्रयोग गरिने इँटाको चाङजस्तै कोषिकाहरूको खात हो र यस्तो खात या पत्रको अनुपात फीको अनपातअनुसार नै बढ्दै गएको हुन्छ । मानव कोषिकामात्रै नभई विभिन्न किसिमको शरीरमा हुने रसायनहरूको निर्माण पनि फीको अनुपातमा नै हुने गर्छ । यसैले यो अद्भूत प्रकृतिको मापनलाई दैवीय शक्ति भनियो किनकि ब्रह्माण्डमा नै यसैको महìवले अघि बढेको छ । यसैले मानिसले प्रकृतिलाई भगवान्को रूपमा पूजा गर्न थाल्यो । वास्तवमा गणित नै भगवान् हो भन्ने कुरा धेरैपछि मात्र भौतिकशास्त्री, गणितज्ञहरूले प्रमाणित गरे । यसमध्ये अग्रणी नाम स्टेफेन हकिङ्स हो । गणितको प्रयोग नहुने शिक्षालाई शिक्षा मान्न तयार नहुने हकिङ्सले ब्रह्माण्डको संरचनालाई एउटा सहृदयी सिर्जनाकारले गतिशीलता प्रदान गरेको नभई ब्रह्माण्ड सञ्चालनको बारेमा गणितद्वारा व्याख्या गर्न सकिने धारणा उहाँले लियोनार्ड म्लोडिनाउका साथ ब्रह्माण्डको रहस्यको बारेमा लेखिएको ‘दी ग्रान्ड डिजाइन एण्ड माइ ब्रिफ हिस्ट्री’ भन्ने पुस्तकमा दर्शाउनु भएको छ ।

सौन्दर्य आँखामा कि गणितीय सूत्रमा
गणितको महìव जति भए पनि विविध संस्कृति र मानव जीनको कारणले मनुष्यको सौन्दर्यको मापन एउटा गणितीय सूत्रले मात्र गर्दा अन्याय हुन जाने दर्शनशास्त्रीहरू बताउँछन् । मानिसहरूको विभिन्न रूप आकार हुने गर्छ, एक महादेश अथवा भनाँै एक भागका मानिसहरू अर्को भागको मानिसभन्दा फरक हुन्छन् । यसैले सौन्दर्यको मानक बौद्धिक, नैतिक र शारीरिक तीनवटै हिसाबकिताबमा हुनुपर्छ भन्ने पनि छ । फीको मानक, शारीरिक बनावटभन्दा पनि आँखाले देख्दा जे सुन्दर देखियो, त्यसैलाई सुन्दर मान्नु पर्छ भन्ने अवधारणा विकास भयो । सौन्दर्य मात्र अनुपातमा हँुदैन मानिसको दृष्टि र परिपे्रक्ष्यमा हुन्छ । अहिले डिजिटल प्रविधिमा मानिसको अनुहारको केही हिस्सालाई काँटछाँट गरेर मारक्वार्डट फर्माअनुसारको फर्मामा तस्बिर फीको मानकमा आउने बनाएर व्यावसायिक काम गर्ने गरिएको भए पनि यो फर्माअनुसार अनुहार हँुदैमा मानिस अति सुन्दर÷सुन्दरी भन्न चाहिँ मिल्दैन । सार्वभौमिक अपिल गर्ने खुबी भएको मानिसको पहिचान चाहिँ अथवा भनाँै असली सौन्दर्यचाहिँ हेर्नेको आँखामा नै हुन्छ ।
मनोविज्ञानअनुसार मानिस कुनै वस्तुमा सौन्दर्य देख्न चाहन्छ, त्यही आधारमा सुन्दर वस्तुको आकृति मानसपटलमा कोर्छ र समय आएपछि सौन्दर्यको निर्धारण गर्छ । कल्पनामा रमाउँदा मन र आत्माले पनि सन्तोष प्राप्त गर्छ । यसरी खुसी प्राप्त गर्दा मानिसलाई सुन्दर वस्तु प्राप्त भएको अनुभूति हुन्छ । मानिस संवेदनशील प्रकृतिको हुन्छ, र आफ्नै स्मृतिमा बहन्छ । यसबाट उसले खुसी प्राप्त गर्छ र असलमा त्यही खुसीलाई नै सौन्दर्य भन्नु समीचीन हुन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?