logo
२०८१ मंसिर १० सोमवार



कथा: त्यो खुला झ्याल

शनिवार |


कथा: त्यो खुला झ्याल


विमल भौकाजी

घरको झ्याल अहिले पनि खुलै छ ।
तर अब त्यो झ्यालको सम्मोहन आजको दिनदेखि टुटेको छ ।
म घरबाट निस्कँदा होस् वा घरभित्र पस्दा होस्, मलाई त्यो घरको झ्यालले सदैव आकर्षण गथ्र्यो ।
टोलभरि कति थिए घरहरू ! कति एक–आपसमा जोडिएका थिए भने कतिपय छुट्टाछुट्टै, कम्पाउण्ड बारिएका घरहरू थिए । तर मेरा आँखा अरू घरहरू छाडेर विशेष त्यही घरमै जान्थे ।
फेरि, त्यो घरमा अरू कतै मेरो दृष्टि पुग्दैनथ्यो, त्यो घरको विशेष एउटा झ्यालमा पुग्थ्यो ।
दुई तलाको त्यो घर, त्यहाँ दर्जनौँ झ्याल–ढोका छन् । कुनै–कुनै बेला ती सबै खुल्ने–लाग्ने गरेका देखिन्थे । तर, त्यही एउटा झ्याल भने मैले कहिल्यै ढप्केको÷बन्द भएको देखिनँ, हरहमेशा खुलै रहन्थ्यो त्यो । त्यसैले त्यस्तो देख्दा म सधैँ अचम्मित हुने गर्थें, त्यो झ्याल मात्रै सधैँ किन खुला रहन्छ ? कौतूहल भइरहन्थ्यो, किन खुला होला त्यो झ्याल ?
मलाई थाहा थियो, एउटी बूढी आमै मात्रै छिन् त्यो घरमा । टाढैबाट देखेर पनि मैले अनुमान गरेको थिएँ, करिब आठ दशकको उमेर पार गरेको हुनुपर्छ तिनले । र, म यसबाट पनि सूसुचित थिएँ कि प्रत्येक दिन साँझको समयमा त्यो घरमा एउटी अर्की महिलाले प्रवेश गर्ने गर्थिन् । पक्कै पनि ती बूढी आमैलाई खाना पकाएर खुवाउने र सरसफाइलगायत काम गर्थिन् तिनले ।
महिनौँ भयो । वर्ष नै बित्यो । त्यो प्रक्रिया सधैँ निरन्तर चलिरह्यो–
– बूढीआमै कहिले झ्यालमा, कहिले ढोकामा, कहिले बरन्डामा, कहिले कौसीमा देखिइरहन्थिन् ।
– अर्की महिला प्रत्येक साँझ आउने–जाने गरिरहन्थिन् ।
– सबैभन्दा प्रमुख कुरो त्यो झ्याल सधैँ खुला रहिरहन्थ्यो ।
म अभ्यस्त भइसकेको थिएँ यी तीनै स्थितिबाट ।

०००
एक दिन,
बिहानको समय निकै व्यतीत भइसक्दा पनि बूढीआमैलाई मैले देखिनँ । किन–किन मभित्र छटपटी बढिरहेको थियो । कतै न कतै त देखिनुपर्ने हो । आफ्नो घरको छतमा गएँ र त्यो घरका प्रत्येक कोठा–चोटा, झ्याल–ढोकाहरूमा मेरा आँखाले खोजिरहे बूढीआमैलाई । तर अहँ, पत्तो लागेन । मन झन्–झन् बेचैन हुँदै गयो, कतै बूढीआमैलाई... । हो, त्यहाँ काम गर्ने महिला भने यसो ओहोरदोहोर गरिरहेको देखिरहेको थिएँ ।
आपैmँलाई थाहा भएन, उकुसमुकुस भएर पसिना खलखल भइसकेछ शरीरभरि । एकाएक खोई कुन तìवले प्रभाव पा¥यो कुन्नि मेरो मस्तिष्कलाई ! त्यसको आदेशको पालना गर्दै मेरा पाइला बूढीआमैको घरतर्पm दौडिएछन् ।
न मलाई दायाँ–बायाँ कसैको प्रतिक्रियाको ख्याल भयो, न त त्यो घरवालाको अनुमति आवश्यक प¥यो, अचानकै स्वाट्ट पसेँ म त्यो घरको कम्पाउण्डभित्र ।
कहिल्यै नपसेको, बिलकुल नौलो घरको प्राङ्गण !
त्यसमाथि, निमन्त्रणाबिनाको त्यो घर प्रवेश !
तर मलाई किञ्चित अप्ठ्यारो लागेन, कुनै असजिलोपन महसुस भएन । म सरासर घरको मूलढोका अगाडि पुगेँ र घण्टी दबाएँ ।
बूढीआमै कुन कोठामा मात्रै होइन कुन तलामा बस्थिन्, मलाई थाहा थिएन । थाहा पाउनुपर्ने सरोकारको विषय नै थिएन । तर त्यतिबेला मेरा आँखाले उनी बस्ने÷सुत्ने कोठाको खोजी गर्न लागिसकेका थिए, नजानिँदो पारामा ।
‘ए तपाईं ?’ मूलढोका खोल्दै मप्रति सम्बोधित भयो एउटा आवाज, ढोकैबाट ।
देखेँ, त्यहीँ काम गर्ने महिला सामुन्ने थिइन् । शायद म छिमेकीका रूपमा परिचित थिएँ ।
मेरो मनको प्रश्न निस्कियो– ‘आमै हुनु हुन्न ?’
अलिकति मुस्काउँदै उनी बोलिन्– ‘हुनुहुन्छ । आउनुस् न भित्रै !’
त्यहीँ बाहिर जुत्ता खोलेर म उनको पछि लागेँ ।
‘यता हुनुहुन्छ ।’ उनले मलाई एउटा कोठाको ढोका देखाइन् ।
मैले कोठाको सङ्घारबाटै भित्र चियाएँ । बूढीआमै खाटमा पल्टिरहेकी देखेँ । मन ढक्क फुल्यो ।
‘नमस्ते है !’ अलिक ठूलै स्वर पार्दै म कोठाभित्र पसेँ ।
शायद आँखा चिम्लिरहेकी थिइन् । झस्किएभैmँ आँखा खोलिन् र बिस्तारै उठ्ने कोसस गरिन् । मसँगसँगै भित्र पसेकी कामदार महिला उनीतर्पm लम्किन्,
‘पख्नुस् पख्नुस्, बिस्तारै... ।’
अनुमान गर्न मलाई कुनै कठिनाइ भएन, बूढीआमै अस्वस्थ छिन् ।
‘ओहो बाबू पो !’ मलाई प्रष्ट चिनेको छनक दिँदै उनले मलाई जिज्ञासा पोखिन्– आज कसरी बाटो बिराउनुभयो ?’
मनको आशङ्का मेटिइसकेको थियो, त्यसैले अलिकति मुस्कुराएँ र अत्यन्तै घनिष्टतापूर्वक भनेँ–
‘तपाईंको हालचाल बुझ्न आएको । तपाईंलाई अहिले कस्तो छ ?’
‘ठीकै छ ।’ मधुर आवाज निस्कियो उनको मुखबाट । त्यही आवाजमा मलाई सोफामा बस्न आग्रह गरिन् ।
म बस्दा लचक्क लच्किएँ त्यो विलासी सोफामा । त्यसो त, त्यतिञ्जेल मेरा आँखाहरूले त्यो कोठाको निरीक्षण गरिसकेका थिए । झ्यालमा महँगो खालको पर्दा झुन्ड्याइएको त्यो कोठाको भुइँमा पूरै बुट्टेदार कार्पेटिङ गरिएको थियो, सिलिङमा उत्तिकै कलात्मक बुट्टा कुँदिएको थियो । एकातिर भित्ता पूरै ढाक्ने गरेर राखिएको सो–केशयुक्त दामी दराज, अर्को दिशामा एउटा ठूलो टेलिभिजनको स्क्रिन, र त्यसको ठीक सामुन्ने डबल बेडको खाट ।
खाटबाट बिस्तारै ओर्लंदै उनी म बसेकै सोफाको अर्को छेउमा बसिन् र कोही आत्मीयलाई भैmँ भनिन्–
‘आज बिहानैदेखि के भो कुन्नि, भाउन्न भएर रिँगटा लागिराखेको छ । उठ्ने जाँगर नै आएन, हेर्नुस् न !’
‘अनि औषधि केही खानु भएन र ?’ मैले पनि आत्मीयता दर्शाएँ ।
‘छैन ।’ उनको छोटो उत्तर ।
मैले औपचारिकता पूरा गर्ने कोसस गरेँ, ‘कि डाक्टरकोमै जानुपर्ने हो कि ?’
‘हैन, हैन, ठीक हुन्छ होला ।’ स्वयम्मा आत्मविश्वास नझल्किने खालको थर्थराएर आयो उनको स्वर । मैले प्रष्टै महसुस गरेँ ।
‘हस्पिटल जानुप¥यो भने... ।’ मेरो वाक्य बीचमै रोकियो । सोचमग्न भएँ, यसभन्दा पछाडि सोध्नु हुन्छ कि हुँदैन होला ? सोध्न खोजेको थिएँ, ‘हस्पिटल जानुप¥यो भने कसरी जानुहुन्छ ? को छ तपाईंलाई लैजाने ?’ यो प्रश्न मभित्र उठ्नु स्वाभाविक थियो । किनकि मैले जाने÷बुझेदेखि नै उनी त्यो घरमा एक्लै नै बस्दै आएकी देखेको थिएँ । यो अलग्गै हो कि बेलुकी–बेलुकी कामदार महिला हुन्थिन् । तर रातको समयमा त एक्लै नै हो नि !
के उनका आफन्त कोही छैनन् होला ? प्रश्न सोधूँ–सोधूँ लाग्यो ।
तर प्रश्न सोध्नुअगावै उनले गजबको वाक्य बोलिन्– ‘खोई भाइ, मलाई हस्पिटल जानुपर्ने अवस्था आउलाजस्तो नै लाग्दैन ।’
यो वाक्य बोल्दा हल्का मुस्कान थियो उनका ओठमा । तर कता–कता एउटा नमीठो पीडाको अभिव्यक्ति जस्तो लाग्यो मलाई त्यो वाक्य ।
उनले फेरि सन्दर्भ परिवर्तन गरिन्– ‘तपाईंलाई थाहा छ कि छैन भाइ, म एक्लै बस्छु यो घरमा ।’
‘ए... ।’ मैले थाहा नपाएभैmँ आफ्नो शिर हल्लाएँ । तर कसो–कसो मेरो बोली फुट्यो– ‘अनि तपाईंंको परिवार.... ।’
मेरो वाक्य पूरा नहुँदै उनी झटपट बोलिन्– ‘दुईटा छोरा छन्, एउटा क्यानाडामा छ, अर्को दुबईमा ।’
म सुन्दै रहेँ ।
उनले सिलसिला जोडिन्– ‘एउटी छोरी छिन्, बोलाएको बेला आउँछे ।’
उनका श्रीमान्चाहिँ छैनन् भन्ने पुष्टि भने उनको शृङ्गारहीनताले नै गथ्र्यो ।
‘ऊ यो झ्याल देख्नुहुन्छ नि तपाईं !’ अचानक उनले प्रसङ्ग बदलिँदै आफ्नो चोर औँलाले एक दिशातर्पm इङ्गित गरिन्, जहाँ सधैँ खुला रहने त्यही झ्याल थियो, जुन झ्यालको बारे मलाई सदैव कौतूहल रहन्थ्यो ।
आश्चर्यचकित भएँ म, के भन्न खोज्दै छिन् उनी त्यो झ्यालको विषयमा ?
‘मेरो यो झ्याल सधैँ खुला राख्छु म ।’ उनले एकटक झ्यालतिर हेर्दै भनिन् ।
अवाक् म ! अब मसँग केवल जिज्ञासा मात्रै थियो– ‘किन ?’
‘किन, थाहा छ ? यो झ्याल खुला राखेपछि..., मैले अगि नै भनेँ नि मलाई हस्पिटल जानुपर्ने अवस्था आउलाजस्तो लाग्दैन ।’ बडो रहस्यात्मक बोली बोलिन् उनले ।
‘किन ?’ अबचाहिँ मबाट प्रश्न निस्कियो ।
उनले बडो सहजताका साथ भनिन्– ‘दिनदिनै बेलुकी यी बैनी आउँछिन् र भोलिपल्टलाई समेत पुग्ने भात पकाइदिन्छिन् । हप्तामा एक पटक कपडाहरू पनि उनैले धोइदिन्छिन् । महिनावारीमा राखेको । त्यसैले यसमा कुनै समस्या भएन । कदाचित् म बिरामी भएँ भनेचाहिँ दिनको बेलामा त वरिपरिका कुनै न कुनै छिमेकीलाई बोलाई नै हाल्छु । तर रातिको समयमा मलाई केही भइहाल्यो भने... ।’
उनका रोकिएका शब्दहरू के होलान् ? तपाईं अनुमान गर्न सक्नु हुन्छ ?
उनी एकैछिन रोकिएकी मात्रै थिइन्, उनैले पूरा गरिन् वाक्य– ‘भाइ, कदाचित् कुनै रात म यो खाटमा यत्तिकै मरेछु भने यी बैनी यहाँ नआइपुग्ने बेलासम्ममा यही खुला झ्यालबाट कुनै न कुनै छिमेकीले मेरो लास कसो नदेख्लान् ?’
०००
आज, बाहिरबाट घर पस्दा अलिक ढिला भयो । साँझ परिसकेको थियो ।
कोठाभित्र पस्न के खोजेको थिएँ अचानक एउटा कहालिलाग्दो आवाज आयो बूढीआमैको घरबाट, त्यहीँ काम गर्ने उनै महिलाको । र, म जुत्तै नखोली दौडदै पुगेँ त्यही कोठामा ।
म पुग्दा उनी सुँकसुँकाएर उभिइरहेकी थिइन् । सँगैको त्यही खाटमा बूढीआमै निदाइरहेकी जस्ती देखिइन् ।
बिस्तारै, मेरा आँखा त्यही खुला झ्यालमा पुगेर अडिए । सोचेँ, सधैँ खुला रहने यो झ्यालको औचित्य अब समाप्त भएको छ । सदा–सदाका लागि बन्द हुनेछ यो झ्याल, अब कहिल्यै खुला रहुने छैन । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?