नवराज रिजाल
जति भुल्न खोजे पनि सक्दिन यो माटो
हजार प्रयास गरेकै हो फेरिएन बाटो
हिँडाँै भन्छ मन तर पाइला गति लिन्न
पाटी पौवा घेरो हाल्छन् पारी छिन्नभिन्न
पहाडका डाँडाकाँडा तराई समथर फाँट
संसार नै चकित पार्ने हाम्रा सिङ्गा आँट
हिँड्ने बाटो मस्त भूली बाँचेका छाँै हामी
विस्मृतिमा पिता पुर्खा नाचेका छौँ हामी
गन्तव्यको टुङ्गो छैन पाइला चलेका छन्
छातीभित्र जताजतै विश्वास जलेका छन्
मुटुलाई मनमा राखी अल्झँदै छन् मन
विश्वासको पुल बनाई बल्झँदै छन् तन
आफँैलाई बिर्सिएर बाँच्दा हुन्छ गाह्रो
संसारमा केही छैन जीवनभन्दा साह्रो