logo
२०८१ मंसिर ८ शनिवार



कलामा वस्तुवादी र प्रकृति रस

शनिवार |
कला |


कलामा वस्तुवादी र प्रकृति रस


तीर्थ निरौला

जापानबाट बेलाबेला नेपाल आएर यहाँको सामाजिक, धार्मिक र साँस्कृतिक पक्षमा चित्र कोरेर नेपाल र जापानको सम्बन्धलाई कलात्मक पक्षले दह्रिलो र पारिलो बनाउन जापानी चित्रकार नोबुहारू नोनामी सधैँ लालायित हुनुहुन्थ्यो । उहाँको एकल चित्रकला प्रदर्शनी २०४८ सालमा काठमाडौँमा भएको थियो । प्रदर्शनीको उद्घाटन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गर्नुभएका थियो । प्रदर्शन वरिष्ठ कलाकार किरण मानन्धरको पल्पसा ग्यालरीमा गरिएको थियो ।
सन् १९३६ मा जन्मनुभएका नोनामी अमूर्तवादी कलाकार होइन । उहाँ एकोहोरो वस्तुवादलाई नै आत्मसात् गर्दै चित्र रचना गर्ने कलाकार हुनुहुन्छ । वस्तुवादी कलामा नै आपूm सन्तुष्ट हुने उहाँले बताउनुभएको थियो । उहाँको भनाइअनुसार वस्तुवाद जीवनको वास्तविकता हो, जसलाई आधुनिक कलाको चिन्तनले ओझेलमा पारेर पर्न सक्दैन । यो कलावाद प्रकाशमय र देदीप्य छ ।
त्यसबेला प्रदर्शित उहाँका विषयगत वस्तुवादी क्यानभासमा प्रशस्त नेपाली शैली र सौन्दर्य अटाएको देखिन्थ्यो । राता माटाका ग्रामीण घरहरू । पहाड, कुना–कन्दरा । खोलानाला र झरनाहरू चित्रमा मुखरित भएका देखिन्थे । चहकिलो रातो, नीलो, हरियो रङबाट बनेको दृश्य संयोजन र यसको प्रस्तुति साँच्चै रोचक, मोहक र अलौकिक थियो । चित्रमा प्रफुल्लित गाउँले महिला र पुरुषको प्रस्तुतिले हेर्नेहरूको मनलाई छुन्थ्यो । चित्र हेर्दा लाग्थ्यो– यो कलाकारको कलाकारिताको पराकाष्ठा नै हो । चित्रहरूको रसास्वादनको अनुभूतिले नोनामीलाई दृश्य कलाकारमात्र भन्न मिलेन । उहाँलाई दर्शकको मनोभाव बुझेर प्रकृतिलाई अभिव्यक्ति गर्ने एक प्रभाववादी कलाकारका रूपमा चिन्न सकिन्छ । नेपाली भूगोल र माटोलाई माया गर्ने विदेशी कलाकारका रूपमा पनि उहाँलाई चिन्न सकिन्छ ।
नेपाल उज्यालो छ । पहाड र नदी उज्याला छन् । नेपाली झनै उज्याला छन् भन्ने वास्तविकतालाई उहाँको चित्रले राम्ररी उजागर गरेको छ । चित्रमा नोनामीले सूर्य प्रभावलाई गम्भीर रूपमा दर्शाएको भेटिन्छ । ग्यालरीमा झुन्ड्याइएका चित्रहरू दृश्य अभिव्यक्तिका सिर्जनामात्र थिएनन्, तिनीहरू त प्रभाववादी मान्यताको दिग्दर्शन नै थिए । १८औँ शताब्दीका क्लाउड मोनेट र एडवर्ड मानेका दृश्य क्यानभासलाई रङप्रभावको पराकाष्ठा मानिएझैँ उहाँका क्यानभासले पनि रङ प्रभावको लालसालाई तृप्त पार्न सफल बनेको छ ।
जापानी हृदय लिएर नेपाली धुकधुकी छाम्न सक्षम र सफल नोनामीको करूण रसले भरिएको सुन्दर अभिव्यक्ति १९७८ ताका रवीन्द्रनाथ टेगोरको इटालीस्थित ब्रिन्दिसीको सौन्दर्यको वर्णनस“ग समान रहेको छ । वास्तवमा कलाकार, साहित्यकार सूक्ष्म भाववेगी र संवेदनशील हुनुका साथै अति सौन्दर्यवादी पनि हुन्छन् । सौन्दर्य नै उनीहरूको सिर्जनाको मुहान हो । भौगोलिक रेखाङ्कन, देश, जाति, भाषाभन्दा माथि उठेर प्रकृतिको वर्णन गर्ने काम स्रष्टाबाटै सम्भव हुन्छ । त्यसैले होला उहाँका क्यानभास पनि प्रकृतिको धनी देश नेपालका दृश्यले भरिएका छन् ।
पाश्चात्य र पूर्वीय कला क्षेत्र आधुनिक कलाको विचारधारामा भिजिसक्दा पनि सर्वसाधारणको भावना बुझेर क्यानभासमा जीवनका वास्तविकता उजागर गर्ने कलाकारका रूपमा नोनामीलाई लिन सकिन्छ । कुनै पनि कलाकार वा कला त्यतिबेला सार्थक हुन्छ, जतिबेला कलामा सबैले पचाउन सक्ने गुण वा क्षमता विद्यमान रहेको हुन्छ वा कला जनसाधारणको जीवनको बोली बनेको हुन्छ । यस्ता सिर्जनाले कलाका निम्ति कला भन्ने अर्थसँग कुनै नाता गा“सेको हु“दैन । बरू त्यस्ता कलाले मानव कल्याणस“ग सरोकार राख्छ ।
कलाकार दोमियोका वस्तुवादी र यथार्थवादी झल्कोका सिर्जनाले पनि नोनामीको क्यानभासलाई प्रभावित पारेको आभास पाउनु वस्तुस्थितिलाई गौण राखेर प्रकृति प्रभावलाई देखाउने भेनगगको ‘साइप्रसको रूख’स“ग समदूरी बनाउनुसरह हो । यस सन्दर्भमा फेयर फिल्ड (१९०७–१९७५) पनि यहा“ सम्झना आउ“छ । चित्रमा घोत्लिँंदा नेपाली कलाकार अमर चित्रकार, रामानन्द जोशी, मनोहरमान पुन, मनुजबाबु मिश्रको क्यानभासबीच नोनामीको क्यानभासमा सामीप्यता पाउन सकिन्छ । वस्तु वर्णन, भूआकृति छनोट, दूरान्तरभेद र रङ छनोट उस्तै देखिन्छ । यसरी सिर्जनात्मक नवीनता सँगालेका नोनामीजस्तै उत्तेजनात्मक, विद्रोही शैलीभन्दा सहजता, निर्मलता र मनोहारितालाई विशेष प्राथमिकता दिने कलाकारहरू हामीसँग प्रशस्तै छन् । भूआकृति र भूदृश्यलाई माया गर्दै चित्र कोर्ने नेपाली कलाकारको नाम लिनुपर्दा नेपाली कलाकार कृष्णगोपाल रञ्जित, आईबी मल्ल, श्रीजन राजभण्डारी, श्यामलाल श्रेष्ठ, हरि खड्का, यादवचन्द्र भुर्तेल, रतन राई, बुद्धि गुरुङ, डी राम पाल्पाली, नरेश सैँजू, क्षेत्रलाल कायस्थ, जीवन राजोपाध्याय, गौतमरत्न तुलाधरलगायतको नाम लिनुपर्छ । यी कलाकारहरू दृश्य र वस्तुवादी कलामा स्थापित रहेका नाम हुन् । यस्तै अचेल नेपालमा धेरै कलाकारको जन्म भइसकेको छ । जसले वस्तुवादी मान्यतामा प्रकृतिरसबाट सिर्जनारत रहिआएको पाइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?