logo
२०८२ असार ३ मंगलवार



प्रणय दिवस (कविता)

शनिवार |


प्रणय दिवस  (कविता)


विमलेन्द्र मिश्र


छुट्टिएका प्रेमी प्रेमिका
एक अर्काबाट, हजारौँ माइल टाढा
दुुई फरक महादेशमा छटपटी रहे
यस्तै यस्तै रह्यो प्रणय दिवस ।।

फागुुनमा दूूबोका मुुन्टामा प्राण आयो
श्रीपञ्चमीसँगै जाई फुुल्यो
प्रकृतिले फूलको पराग सुुवास बनाइ
नवयौवना प्रणयसूूत्रमा बाँधिइ
मधुुर मुुस्कान छर्दै–
मादकतापूर्ण बन्यो प्रणय दिवस ।।

रातो, सेतो र पहेँलो गुुलाफको फूूल फक्रिए
गुलाफका फूलसँगै मन साटियो
खुल्दुलीले भरियो प्रणय दिवस ।।

महाकवि कालिदासले मेघलाई दूूत बनाएर
प्रेम सन्देश पठाए
भ्यालेन्टायनले प्रेमकै लागि मृत्युवरण गरे
युुगल जोडीले हत्केलाकै मोबाइलबाट
बिहानदेखि रातिसम्म प्रेमालाप गरे
कत्ति थाकेनन्, अनि निदाएन प्रणय दिवस ।। 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?