बूँद राना
किन्ने र बेचिने छन् निक्कै हतारमा
मान्छे पुगेछ ऐले सट्टा बजारमा !
पानी परे त बाढी पैह्रो रमाउँछन्
आगो परे त कस्तो हुन्थ्यो असारमा ?
कैले हुने चनाखा माछा तलाउका ?
मौका ढुकी बकुल्ला बस्छन् किनारमा !
ज्ञानी भनिन्छ मान्छे कस्तो विडम्बना !
भाग्गे यतै छ भन्दै खोज्छन् निधारमा !
माटो भरी छपक्कै छाएछ बूँद यो
आकाशमा भए पो हुन्थ्यो करारमा !