कालीप्रसाद रिजाल
ती पनि फूल नै हुन्
जो कुनै झारपातको झाडीमा
एक्लै एक्लै फुल्छन्
र एकदिन थाहै नपाई
चुपचाप झरेर जान्छन्
कसैलै तिनीहरूको कविता लेख्दैन
किताबमा तिनको चित्र छापिँदैन
जो सौन्दर्यको परिभाषामा पर्दैनन्
पुष्प प्रदर्शनीमा सजाएर राखिँदैनन्
कसैलाई उपहार स्वरूपमा पनि दिइँदैनन्
तर फूल त तिनीहरू पनि पूmलै हुन्
सम्भ्रान्त फूलहरूको
गोडमेलको क्रममा
उखेलिएर फालिनु परे पनि
केही क्षण फुल्न नपाउँदै
झरिहाल्नु परे पनि
एकपल्ट त आफ्नो याममा
रङ्ग र बास्नाको पताका
सगौरव फहराएर
ती पनि फुल्छन्
कसैले वास्ता गरुन् नगरुन्
जीवनलाई जस्तो छ स्वीकारेर
आफ्नो कोमल अधरमा
ती पनि मुस्कुराइरहेका हुन्छन्
र आपैmँले आपूmलाई
सान्त्वना दिने गर्छन्–
कुनाकाप्चामा ओझेल भएर
फुलेको पनि राम्रै भयो
कमसेकम
आपूmलाई मलजल गरेर हुर्काउने
पितासमान मालीका हातबाट
बेचिनु त पर्दैन
कुनै ढुङ्गाको मूर्तिमा चढाउनका लागि
या कुनै नेताको गलामा
पहि¥याउनका लागि
निर्मम बलात्कृत भएर उनिनु त पर्दैन !!