रामदयाल राकेश
मिथिलाञ्चलमा रहेका फूलबारीको सौन्दर्य र महत्त्व संसार प्रसिद्ध छ । सम्पूर्ण मिथिलाञ्चलको गाउँगाउँमा रहेका फूलबारी पनि अवलोकनीय र अवर्णनीय छन् । फूलबारी हेर्नासाथ प्रकृतिको अनुपम एवम् अलौकिक नैसर्गिक सौन्दर्यानुभूति हुन्छ । मिथिलाञ्चलका केही उल्लेखनीय फूलबारी सर्वविदित छन् । जस्तै– जनकपुरको मणिमण्डप र तिरहुतिया गाछी, सिरहामा अवस्थित सलहेस फूलबारी आदि । ऐतिहासिक, धार्मिक र पौराणिक फूलबारीबाहेक गाउँ–गाउँमा लगाइएका फूल र फलको बारी अत्यन्त लोकप्रिय र उपयोगी मानिन्छन् । आँपको बारी धेरै उपयोगी भएकाले यस किसिमका बारीको महŒव बढी छ । आँप त फलहरूको राजा नै हो । आँपको बोट लगाउने चलन प्राचीन हो । जनकपुरको फूलबारीको वर्णन महाकवि तुलसीदासले पनि गरेका छन् । यही फूलबारीमा मर्यादा पुरुषोत्तम रामचन्द्र र जगद्जननी जानकीको प्रथम मिलन भएको उल्लेख पाइन्छ । फूलबारीबाट फूल टिपेर जानकी सङ्गीका साथ इष्टदेवी गिरिजाको पूजाआजा गर्ने गर्थिन् पनि भनिन्छ ।
विशेषगरेर फूलहरूको प्रयोग देवीदेवताको आराधना र अतिथिको स्वागत सत्कारमा गरिन्छ । सलहेस एउटा धेरै ठूलो पुराताŒिवक फूलबारी छ । यो पुराताŒिवकमात्र नभएर ऐतिहासिक, धार्मिक र पौराणिक फूलबारी पनि हो । यसलाई नेपालको महŒवपूर्ण गौरव मानिन्छ तर दुःखको कुरो यसको पुराताŒिवक अध्ययन एवम् अनुसन्धान भएको छैन । स्वदेशी र विदेशी पुरातŒवविद्हरूको ध्यान पनि आकृष्ट भएको छैन । यस्तै किसिमको पुराताŒिवक र पौराणिक फूलबारी लुम्बिनीमा पनि थियो । लुम्बिनीको विकासका लागि भनेर विदेशी मुद्राको वर्षा वर्षभरि नै भइरहन्छ । तर, दुर्भाग्य यो फूलबारी पनि अहिले अस्तित्वमा छैन । यस्तै ऐतिहासिक फूलबारी कर्नाटवंशीय राजाहरूको प्राचीन राजधानी सिमरौनगढमा पनि थियो । तर, त्यो पनि अस्तित्वहीन भइसकेको छ । फूलबारी तथा बगैँचा पुरातŒवबारे युरोपमा अध्ययन अनुसन्धान हुन्छ । जुन धेरै प्रशंसनीय छ । तर, हामीकहाँ जे–जति पुराताŒिवक फूलबारीहरू थिए ती सबै विलीन भइसकेका छन् । नयाँ किसिमको कुनै यस्तो फूलबारी लगाइएको पनि छैन ।
सलहेस फूलबारी सुरक्षित रहनु सराहनीय कार्य हो । यस अर्थमा यो फूलबारी भाग्यमानी पनि छ । यसलाई राजा फूलबारी पनि भनिन्छ । यो २५ बिघा जतिमा गोलाकार भएर फैलिएको छ । यस फूलबारीको फूल र रूखको पहिचान हुन सकेको छैन । पहिचान गर्नका लागि ठुल्ठूला आयुर्वेद र विज्ञानका ज्ञाताहरूले फूलबारी निरीक्षण गरे पनि कुनै ठोस निष्कर्ष निस्किएको छैन । अनुमान के छ भने यहाँका रूखहरू छ सयदेखि नौ सय वर्ष पुराना हुन् । फूलबारीको प्राकृतिक सौन्दर्य अतुलनीय छ किनभने यसको हरियाली अरू फूलबारीभन्दा बढी हरियो देखिन्छ । यसको परिसरमा पानीको मुहान छ । पानीको मुहानलाई नियन्त्रित गरियो भने यसबाट वरिपरिका दस, बाह्रवटा गाविसमा सिँचाइको सुविधा प्रदान गर्न सकिन्छ । फूलबारी सिमसार क्षेत्रभित्र पर्छ तर यसको अध्ययन एवम् अनुसन्धान भएको छैन । नेपालका सिमसार क्षेत्रको सूचीमा पनि पर्न सकेको छैन । अर्थात् यो महŒवपूर्ण फूलबारी अभैmसम्म उपेक्षित र अपहेलित छ । राजा कुलेश्वर सिंहले कुनै समयमा यसको संरक्षण र सम्बद्र्धन गराएका थिए । फूलबारीको हेरचाह स्वयम् राजा सलहेसले गर्थे । फूलबारीलाई कुस्ती खेल्ने अखडाका रूपमा पनि प्रयोग गर्थे । त्यो बेला यसको नाम सिलहट अखडा थियो ।
जुडशीतल पर्वको पावन अवसरमा अर्थात् नयाँ वर्षको वैशाख १ गते यहाँ ठूलो मेला लाग्छ । यो मेलामा नेपाल र भारतबाट समेत मानिस मेला भर्न आउँछन् । मेला भर्न आएकाले विधिपूर्वक पूजाआजा गर्छन् । यहाँ बलि दिने चलन पनि छ । पहिलो पूजा कुलेश्वरको हुन्छ । त्यसपछि सलहेसको पूजा गरिन्छ । अनि सबै देवीदेवताको पूजाआजा गरिन्छ । यो परम्परा सदीयौँदेखि चलिआएको छ । सलहेस फूलबारीको मध्यभागमा दुईवटा गहबर (देवताको मन्दिर)को निर्माण गरिएको छ । पहिलो गहबर सलहेस महाराजको हो भने दोस्रो मालिनीको । यी गहबरमा महाराज सलहेस र मलिनीको भव्य मूर्तिको स्थापना गरिएको छ । यसबाट यसको पुराताŒिवक, ऐतिहासिक र धार्मिक महŒव प्रस्ट हुन्छ । एकजना पुजारी पनि नियुक्त गरिएको छ । पुजारीले नियमित पूजाआजा गर्छन् ।
यसको ऐतिहासिकभन्दा धार्मिक महŒव अचेल बढ्दै गएको छ । लोकनायक सलहेस दुसाध (पासवान) जातिको इष्टदेवता या लोकदेवताका रूपमा पूजित र सम्मानित हुँदै आएका छन् । स्थानीय बासिन्दाका अनुसार लोकनायक सलहेस प्रतिदिन माणिकदहमा नुहाएर सलहेस फूलबारीमा फूल टिपेर र महिसौथास्थित राजमाता र कमलामाईको पूजाआजा गर्थे भन्ने भनाइ पनि छ ।
फूलबारीमा अवस्थित गहबरको नजिकैको रूख जसलाई ‘हरम’ नाम दिइएको छ, यसैकोे एउटा हाँगामा प्रत्येक वर्ष चैत मसान्तको दिन एक दिनका लागि मात्र एउटा फूल माला आकारमा फुल्छ र भोलिपल्ट ओइलाएर जान्छ । यसको रहस्य अहिलेसम्म खुलेका छैन । तर, स्थानीयवासी के विश्वास गर्छन् भने ‘दोना’ मालिन आफ्नो प्रेमी सलहेसको आलिङ्गनमा आबद्ध भएर आफ्नो अमर प्रेमलाई प्रकट गरिरहेको प्रतीकका रूपमा यो फूल फुल्ने गर्छ । रोमाञ्चक र रामोन्टिक यो घटना छटौँ शताब्दीदेखि नियमित र निश्चित मितिमा घटित हुँदै आएको छ । अतः सलहेस फूलबारीलाई प्रेमीप्रेमिकाको मिलन केन्द्रका रूपमा प्रचार गर्न सकिन्छ । आन्तरिक पर्यटनको केन्द्रका रूपमा पनि यसलाई विकास गर्न सकिन्छ । सलहेस फूलबारी, माणिकदह, कमलदह, महिसौथा गढ आदि ऐतिहासिक, पुराताŒिवक, धार्मिक र पौराणिक स्थललाई पर्यटकीय स्थलका रूपमा पनि प्रचार–प्रसार र प्रवद्र्धन गर्न सकिन्छ ।