logo
२०८१ मंसिर १० सोमवार



मेरो मृत्यु (कविता)

शनिवार |


मेरो मृत्यु (कविता)


राममणि सिटौला

त्यो होइन मेरो मृत्युु
जब निस्किनेछ शरीरबाट
प्राण वायु
माटोमा विलीन हुन्छ
पार्थिव शरीर
त्यतिखेरसम्म पनि
मरेको हुन्न म
जब खुवाइनेछ
आँसुले भिजेका परिकार
श्राद्ध भोजको नाममा
हराउँदै जान्छ कोठाबाट
क्रमशः मेरो सम्झनाको वस्तु
भत्काइनेछ सफाइको नाममा
मेरो कवितालाई लय प्रदान गर्ने / चराको गुँड
प्रेमपूर्वक नातिनीले
हजुर बा !! भन्दा
ईष्र्याले जल्छ बुहारीको छाती

त्यतिखेर पनि हुँदैन
मेरो मृत्यु
जब बाँडिनेछ/अंशवण्डाको नाममा
मेरो जीवनभरको पुँजी

सज्जनबृन्द
त्यतिखेर भने साँच्चै मेरो मृत्यु हुनेछ
जब तपाईंहरूको स्मृति पटबाट
हराउँदै जानेछ मेरो नाम 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?