logo
२०८१ मंसिर ९ आईतवार



शत्रुमा विष बन्दछ (कविता)

शनिवार |


शत्रुमा विष बन्दछ (कविता)


डा. मेघराज ढकाल

शब्द मात्र थुपारेर कविता बन्दथ्यो भने
किन रुन्थे महाज्ञानी लेखिन्न कविता अनि
उद्देश्य, भावका साथ रस, छन्द, अलङ्कृत
कविता लेख्नु पो पर्छ तर बन्छु सशङ्कित ।

लगाउँछु सधैँ हेरी शब्दकोशे छ कन्धनी
छोटो बन्छ लँगौटी यो चँुडिन्छ शब्द बन्धनी
यता तान्छु उता तान्छु लाज छोप्न म यो अनि
फुत्कियो कि कतै सोद्धा भ्रमजाल भयो पनि ।

तसर्थ, विज्ञ हो आज बिन्ती यौटा म गर्दछु
बोलीचाली, सबै क्षेत्र, जातको शब्द खोज्दछु
सूचकाङ्क छ के शुद्ध ? प्रस्ट मानक खोज्दछु
शब्दसाथ सँगै वाक्य, राखेमा धन्य मान्दछु ।

भाषामाथि विदेशीको भ्रमजाल त हट्दछ
शुद्धाशुद्धि, कला–दृष्टि, शिल्प–सृष्टि त बढ्दछ
यसैको आडमा आफ्नो आय–आर्जन बन्दछ
रेखा विपन्नता घट्ने शत्रुमा विष बन्दछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?