पुरुषोतम बास्कोटा
नयनको इसारा बुझ्न सकिएन ।
मलाई छुँदा पनि चिन्नै सकिएन ।।
बिहानीको किरणसँगै कति दिन बिताएँ ।
उज्यालोको महसुस गर्नै सकिएन ।।
छटपटाएर भाग्यो मन कता कता ।
दोबाटो कुर्दा पनि भेट्न सकिएन ।।
उनैको प्रतिविम्ब नै थियो त्यो छायाँ ।
जति हात लम्काए पनि छुनै सकिएन ।।