logo
२०८२ असार १ आईतवार



दासी पुत्र ? (कविता)

शनिवार |


दासी पुत्र ? (कविता)


जानु धिताल

पटक पटक हरेक पटक
भोग्न चाहन्छ पुरुष
बहिनी होस् कि छोरी
चाख्न चाहन्छ पुरुष

स्त्री हुनुको सजाय
दिन चाहन्छ पुरुष
शरीर निचोरेर तिनको
पिउन चाहन्छ पुरुष

नाता छैन, मान छैन
वक्ष हेर्छ, नितम्ब हेर्छ
पलपल गिद्धे नजरले
टोकसी रहन्छ पुरुष

बरु भ्रूणमै हत्या होस्
घरबाटै लुटिनुभन्दा
जन्मनासाथ जन्मदिने
स्वयं, त्यहीँ हेर्छ पुरुष

आँखा त्यस्तै भएपछि
नारी भोग्या बनेपछि
भोग्याकै हो छोरो एउटा
दासी पुत्र बन्छ पुरुष । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?