logo
२०८१ मंसिर ९ आईतवार



तीन लघुकविता

शनिवार |


तीन लघुकविता


कालीप्रसाद रिजाल
१.

मेरा एक जना मित्रले
गुनासो प्रकट गर्दै भने
‘बितेका वर्षहरूमा मैले तपाईंलाई
कहाँ मात्रै खोजिन ।
कहाँ हराउनु भयो तपाईं ?
होइन कहाँ हराउनु भयो तपाईं ?’
उदास मैले सङ्क्षिप्त उत्तर दिएँ –
विगत अठहत्तर वर्षदेखि म स्वयम्
आफूलाई खोजेको खोजै छु
अब कहाँ हराएँ भनौँ म ?

२.

प्रिवर्तन नै नभएको त होइन
देशमा धेरै ठूलो परिवर्तन भएको छ
पहिले पहिले पद पाएपछि
दाम राख्ने परम्परा थियो
यता आएर अहिले दाम राखेपछि
पद पाउने प्रचलन सुरु भएको छ ।

३.

बूढो मान्छे प्रत्येक दिन
दिनको दुई पटक एक्लै छटपटाउँछ ।
कत्ति गर्दा पनि दिन काट्न गाह्रो भएपछि
कति लामो दिन भनेर खुईक्क्य गर्दै
एकपल्ट छट्पटाउँछ
र जसोतसो दिन कटेपछि
साँझ औँला भाँचेर
आफ्नो आयुबाट एकदिन घट्यो भनेर
फेरि छट्पटाउँछ ।। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?