भूपेन्द्र रायमाझी
हे निष्ठुरी काल किन यति निर्दयी बन्दैछस्
कलिला मुना पूmलहरू चँुडेर किन लाँदैछस्
फुल्न देऊ न पूmलहरू सुगन्ध छरेर झरौँला
मेरो आँगन त्यागेर तेरो दैलोमा टेकौँला
हे निष्ठुरी
तेरो घरको बत्ती निभे अँध्यारो के हो देख्ने थिए
दियोको सानो उज्यालो नै प्रशस्त हुन्छ बुभ्mने थिए
मिति पुगेर लैजानु म जुनी फेर्दै रहँुला
मेरो आँगन त्यागेर तेरो दैलोमा टेकौँला
तेरै दैलोमा टेकौँला
आँखामा पट्टी बाँधेर असल खराब चिन्दैनस्
काललाई दोष छैन भन्दै राम्रो काम चैँ गर्दैनस्
मान्छे भएर जन्मी हेर, तिम्रो स्वागत गरौँला
कत्तिको सहने क्षमता छ हामी पनि हेरौँला
हामी पनि हेरौँला
एकपछि अर्को शृङ्खला तोडिने कुनै नामै छैन
भागेर म जाउँ कहाँ मृत्यु नपुग्ने ठाउँ छैन ।