कमल रिजाल
‘चन्द्रमुखी १ किन ठुस्केकी यसरी । विनापर्व नै ग्रहण लागेको देख्छु त । त्यत्तिकै रिसाउनु राम्रो होइन बुझ्यौ रु रिसले आफैँलाई खान्छ भन्ने थाहा छैन रु विनाकारण राजा अम्बरिषमाथि रिसाउँदा दुर्वासाको दुर्दशा देखेकै छ्यौ । एकपटक देवताका राजा इन्द्रले रिसाएर वृत्रासुरलाई मार्न खोजेको थिए तर उनी आफँै उसको कैदी हुन पुगे । तिनै इन्द्र हुन्, जसले एकताका असुर सभ्यता भन्दै आठ हजारभन्दा बढी नगर ध्वस्त पारेका थिए तर अन्त्यमा उनी आफैँ त्यही नगर सभ्यताको अनुयायी हुन पुगे । देवताहरू पहिले योनि र लिङ्गपूजक भन्दै असुरको निन्दा गर्थे । पछि उनीहरू आफैँ तीन बित्ता उफ्रेर योनि र लिङ्गको उपाशक बन्न पुगे । यी सबै रिसका नतिजा हुन् बुझ्यौ रु जसले पछि आफैँलाई पछुतो गराएको छ । तिम्रो पनि अवस्था त्यस्तै होला है, होश गर ।’ रिसाएकी सत्यभामालाई कृष्णले सम्झाए ।
‘अनि के गरौँ त रु हाँसौँ कि थपडी बजाएर नाचौँ रु कामै त्यस्तो गर्नुभएपछि के गरौँ रु हेर न कुरा पनि कस्तो रु किन रिसाएकी रे । विनाकारण कोही रिसाउँछ रु रिस भन्ने चीज नै यस्तै छ, विनाकारण उठ्दैन, उठ्नै सक्दैन । होइन नाटक पनि कति गर्न जान्या भन्या रु मुखले चाहिँ सबैभन्दा प्यारी तिमी नै रे, तिमीबाहेक अन्यत्र ध्यानै जाँदैन रे, सपनामा पनि तिम्रै नाम जपिरहेको हुन्छु रे । फकाउन पनि कति जानेको । यस्ता कला कसले सिकाएका होलान् यी पुरुष जातिलाई रु म लाटी नै उस्ती नि । होला त नि भनियो, विश्वास गरियो, किन हुन्थ्यो । ती सब हामीजस्तालाई थाङ्नामा सुताउने बहाना रहेछ । मुखले चाहिँ तिमी नै सबैथोक हौ भन्ने, मन भने कि राधामा छ कि गोपिनीहरूमा । यस्तो पनि हुन्छ रु न रूपका छन्, न रङ्गका, न शिक्षाका छन्, न संस्कारका । त्यस्ता औँठा छापेको प्यारबाट के पाउनुभएको छ रु खान दिएका छन् कि लगाउन रु खान लाउन दिने हामी, सेवा, सुश्रुषा गर्ने हामी, मनमा राख्ने उनीहरूलाई रु साँचो अर्थमा भन्नुहुन्छ भने उनीहरूले माया गरेकै थिएनन् तपाईंलाई । माया गरेका भए सँगै आउनुपर्ने होइन रु लौ मानौँ, त्यतिबेला अनुकूल परेन रे । पछि त आउनुपर्ने नि रु खोई आए रु आउनु त कहाँ हो कहाँ, सोधखोजसमेत गरेका छैनन् । फेरि पनि विनाकारण किन रिसाएकी रे । धन्य मै भएरमात्रै, अरू भएका भए के–के हुन्थ्यो के–के,’ सत्यभामाले भँडास पोखिन् ।
‘होइन देवी १ होइन, तिमीले कुरा बुझिनौ । सबैभन्दा प्रिय तिमी नै हौ । श्रीमती त अरूहरू पनि छन् नि । खोइ त कहिल्यै त्यता गएको छु । सधैँ तिम्रै साथमा छु । तिम्रै अँगालोमा बेरिएको छु । फेरि पनि कसरी भन्न सक्छ्यौ कि माया गरेको छैन भनेर रु उनीहरू पनि मेरा भक्त हुन् । यता नआए पनि उतै बसेर मेरा नाम जपिरहेका छन् । साँचो भन्नुपर्दा तिमीहरूलाई अप्ठेरो पर्छ कि भनेर नआएका हुन् । त्यसैले यदाकदा सम्झनासम्म गरेको हुँ । त्यो पनि कर्तव्यमा बाँधिएका कारण । भजन गर्नेको भजन मैले पनि गाउनुपर्ने हुन्छ । लौ ठीक छ, त्यति पनि छुट छैन भने पनि केही छैन तर यसका लागि तिमीले पनि केही गरिदिनुपर्ने हुन्छ ताकि कर्तव्यबाट मुक्त भई सधँै तिम्रो साथमा कैद हुन सकौँ । के राजी छ्यौ तिमी रु’ कृष्णले लाइन सोझ्याए ।
‘आहा १ यति राम्रो कुरामा पनि राजी नहुने भन्ने हुन्छ र । भन्नुस् न के हो त्यो । यस्तो कुरामा को पो राजी नहोला र रु हजुरलार्ई आफ्नै खोपीमा सीमित गर्न पाउने भए जे पनि गर्न राजी छु,’ सत्यभामा एकैसाथ सय डिग्रीबाट सून्यमा झरिन् ।
‘उत्तम, नारदजी आउँदै छन् । अस्तितिर भेटेको थिएँ । माता सत्यभामाको हातको खाना खान मन लागेको छ भन्दै थे । चाँडै नै आउँछन् होला । उनैलार्ई सोध्नु, बताइदिने छन् ।’
यति भनेर कृष्ण आफ्नो कामतिर लागे । सत्यभामा नारदको प्रतीक्षा गर्न लागिन् । प्रतीक्षा पनि यस्तो कि कति समय बित्यो पत्तै पाइनन् । एक्कासि नारदले आएर ‘माताजी १ के सोच्दै हुनुहुन्छ रु’ भनेको सुन्दा पो झल्याँस्स भइन् र खुसी हुँदै भनिन्–
‘देवर्षिजीकै प्रतीक्षामा थिएँ, आउनुभएछ खुसी लाग्यो ।’
‘ए १ हो र रु केही थियो कि ।’
‘एउटा कुरा सोध्नु थियो ।’
‘के कुरा होला माता रु’
‘नराम्रो नमान्ने भएमात्र भन्छु ।’
‘नराम्रो मान्नुपर्ने कुरै के छ र माता १ छोरो समान हुँ । के कुरा हो ढुक्क भन्न सक्नुहुन्छ ।’
‘हेर्नुस् न रात दिन नभनी सेवा गरिरहेका छौँ तर वासुदेव कृष्ण सधँै राधा र गोपिनीको चिन्ता गरिरहनुहुन्छ । उहाँ उतै हराउन चाहनुहुन्छ । सेवा गर्ने हामी, सम्झना गर्ने उनीहरूको । यो त अति भएन र भन्या रु’ सत्यभामाले समस्या देखाइन् ।
‘हुन त हो तर यसमा मेरो कस्तो सहयोग खोज्नुभएको हो कुन्नि रु’ नारदले जिज्ञासा राखे ।
‘यही कि उहाँका मनलाई सधैँ आफ्नै साथमा राख्ने उपाय बताइदिनुभए आभारी हुने थिएँ,’ सत्यभामाले आसय पोखिन् ।
‘उपाय त छ तर।।।।’
‘के उपाय होला देवर्षि बताउनुस् न ।’
‘यही कि वासुदेव कृष्णलाई कसैको हातमा दान दिनुपर्छ ।’
‘दान रु त्यो त कसरी सम्भव होला र ।’
‘किन र माताजी रु’
‘दान दिएपछि वासुदेव उनैका होलान्, उनैले लालान्, त्यस्तो भयो भने के गर्ने रु फेरि दान लिने मानिस पो को पाइएला र रु वासुदेव कृष्णको दानको कुरा छ,’ सत्यभामा अकमकाइन् ।
‘जहाँ इच्छा त्यहाँ उपाय माताजी १ किन चिन्ता गर्नुहुन्छ रु लिने मानिस कोही नभेटे मै लिदिउँला नि । पछि उहाँको तौलबराबरको सुन दिएर निखन्न सक्नुहुन्छ,’ नारदले समाधान देखाए ।
सत्यभामाले सर्त स्वीकारिन् । उपयुक्त समयमा भव्य यज्ञको आयोजना गरियो । दानमा जान कृष्ण राजी भए, लिन नारदजी कस्सिए । गुरु पुरोहित स्वस्ति वाचन पढ्न लागे । नारदजी आफैँले सङ्कल्प पढे । दान यज्ञ सकियो, सबै खुसी भए । यसमा सबैभन्दा बढी खुसी सत्यभामा देखिएकी थिइन् तर जब निखन्ने बेला भयो संसारभरिकै सुनले पनि वासुदेव कृष्णको तौल बराबर भएन । त्यसपछि बल्ल सत्यभामालाई गल्तीबोध भयो । खलखल पसिना चुहाउँदै टाउको समातेर सँुक्कसुँक्क गर्न लागिन् । माता रुक्मिणी नजिकै बसेर यी सबै हेरिरहेकी थिइन् । उनले सत्यभामाको बेचैनी देख्न सकिनन् र नजिकै थालीमा रहेको तुलसीको पत्ता टिपेर तुलोमा राखिदिइन् । तुलसीको एउटै पत्ताले संसारभरिकै सुनले नपुगेको तौल पूरा गरिदियो । यतिबेला भने सबैभन्दा बढी खुसी वासुदेव कृष्ण देखिएका थिए किनकि यो एउटै कार्यमार्फत सत्यभामालगायत सबैको घमण्ड तोड्ने काम गरेको थियो ।