logo
२०७९ असोज १२ बुधवार



मौनताको आँसु (कविता)

शनिवार |


मौनताको आँसु (कविता)


उद्गम लोहनी

छायाँमा थियो एउटा राक्षस
उनको प्रतीक्षा गर्दै,
उनी आइन् उत्फुल्ल
उजेली, कलकलाउँदी पूर्णिमाको जूनजस्तै
अनुहारमा असमञ्जस्यता
हेरिन् विस्फारित आँखाले– शैतान थियो अगाडि
अन्योलमा थिइन् के हुने थियो
आँखामा घृणाको आँसु,
पन्छाउन खोजिन् धकेलेर
दुर्जन थियो ऊ रोकिएन
घोर कुकृत्य....
मिल्काइ दियो रक्तिम आहालमा
मुर्छित पल्टेर कुनापट्टि
सुँक्सुकाइ रहिन्– अर्धचेत
सबै सकिएको थियो निमेषभरमै
घृणा र पीडाले टिलपिल
निश्चल आँखा उघारेर
उनले अन्तिम सास फेरिन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?