महेश रेग्मी
पृथ्वीसँग मानिस बढी बोलिरहेछन्
प्रकृतिसँग मानिस बढी नै
जिस्किरहेका छन्
चराचर, नदी, जङ्गल, हिमाल
पहाडका सम्झना निचोरिएका छन्
भूमण्डलीकरण
पुँजीवाद
पसिना काढिरहेछ
एउटा बिन्दुमा हल्लिरहेको छ
वैश्विक पिलर
एउटा प्रश्नमा हल्लिरहेको छ मान्छे
बिर्सियो नदी
बिर्सियो हावा
बिर्सियो समुद्र
बिर्सियो आकाश
बिर्सियो प्रकृतिको सत्ता
र
बिर्सियो आफ्नो अनुहार
बाँच्यो मात्र आपूmसँग
पृथ्वी ग्यास च्याम्बरमा छ ।