logo
२०८२ भाद्र ५ बिहीवार



माटोको ममता (कविता)

शनिवार |


माटोको ममता (कविता)


रमेशजङ्ग सिजापति

माटो आमा हुन खोजी हेर पाइन्छ ब्रह्माण्ड
माटो शक्ति हो बुझी हेर पाइन्छ प्रचण्ड
सगर सागर माझ आमाको ममता भरपुर
ब्रह्माण्ड हुन ममताको खानी समता भरपुर ।

आमाको वात्सल्यातामा छ जान्नु चमत्कार
त्यसैले सबैकी प्रिय दिन्छिन् शाश्वत संस्कार
जगत्की जननी आमा हुन् ब्रह्माण्ड छ उनमा
खुल्दछिन् उनी पीडा दबाइ हेर्नु फूल जूनमा ।

बुझेर बुझी नसक्नु हुन्छ मातृवात्सल्यता
हाम्रो आमा नै हुन् माटो शाश्वत विधाता
पुकार गरौँ माटोको हामीले जो जहाँ रहे पनि
त्यसैमा महानता रहने छ मीठो जिन्दगानी । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?