श्रीपुरुष ढकाल
तिम्रो आँखा राम्रो लाग्यो
राम्रो भन्नु हुन्नथ्यो कि ?
बोलीवचन मिठो लाग्यो
मिठोे भन्नु हुन्नथ्यो कि ?
तिमीलाई भेटेपछि सधैँ
भेटौँ भेटौँ लाग्थ्यो
तिमीलाई भन्न खोज्थेँ
कुन्नि किन डर लाग्थ्यो ।
तिम्रो ओठ राम्रो लाग्यो
लोभ गर्नु हुन्नथ्यो कि ?
बोलीवचन मिठो लाग्यो
मिठोे भन्नु हुन्नथ्यो कि ?
तिमी हिँड्ने बाटो खोजी
त्यतै त्यतै हिँडौ लाग्थ्यो
साथीसङ्गी सबैसँग तिम्रै
कुरा गरौँ लाग्थ्याे
तिम्रो रूप राम्रो लाग्यो
मन पराउनु हुन्नथ्यो कि ?
बोलीवचन मिठो लाग्यो
मिठोे भन्नु हुन्नथ्यो कि ?